सिजनल क्रान्तिकारी र देशभक्त

म अहिले क्रान्तिकारी भएको छु

म देशभक्त पनि भएको छु

पहिलेपहिले पनि म धेरै पटक

क्रान्तिकारी ,देशभक्त भएको थिए

फेरि अहिले एकपटक पुन भएको छु

किनकी म सिजनल देशभक्त र क्रान्तिकारी हुँ

किनकी म कतै भाग नपाएर बेहाल भएको छु।

पहिले कहिलेकाही

म सांसद नभएको पनि होइन

म मन्त्री नभएको पनि होइन

त्यतिखेर निदाएको मेरो क्रान्तिकारी पन

त्यति खेरै लठ्ठिएको मेरो देशभक्ती पन

अहिले फेरि जुर्मुराएको छ

किनकी अहिले म सँग केही छैन

न पार्टीको कार्यकारी पद

न मालदार मन्त्रालयको मन्त्री

न त समानुपातिक भएपनी एकथान सांसद पद

त्यसैले बेकार र बेहाल भएको छु

हे कोही छौ कि मेरो पुकारा सुनिदिने

म कहिलेसम्म यसरी

देशभक्त, क्रान्तिकारी भैरहने 

Loading...