उपनिर्वाचनमा चरम अन्तर्घात: पूर्वमाओवादीलाई छानीछानी हराइयो

काठमाडौँ, २२ मंसिर । देशभर ५२ स्थानमा हालै सम्पन्न उपनिर्वाचनमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले ३१ स्थानमा जित्यो । तर जहाँजहाँ नेकपा पराजित भयो, त्यहाँत्यहाँ चरम अन्तर्घात भएको तथ्यहरु सार्वजनिक भएका छन् ।  भक्तपुरको निर्वाचन क्षेत्र नम्बर १ को १ मा पूर्वएमालेले ‘माओवादीका गुरिल्ला’ लाई किन भोट दिने भन्दै आफ्नै उम्मेदवारलाई हराए । अघिल्लो निर्वाचनमा बागी उठेको, माओवादी भएको, स्थानीय समेत नभएको र काभ्रेबाट आएको भन्दै नेकपाका उम्मेदवार देवीप्रसाद ढकाल डीपीलाई हराए ।

त्यसमा विशेष गरी आफूलाई प्रधानमन्त्री केपी शर्मा ओलीको निकट दावी गर्ने नेताकै  विशेष हात रहेको थियो ।  सौताको रिसले कस्को काखमा के गरे भने जस्तो आफ्नै पार्टीका उम्मेदवारलाई हराएर पूर्व एमालेले काँगेसका लागि मार्ग प्रशस्त गरिदिए । भक्तपुरका पूर्वएमाले एक नेताले त आफ्नै श्रीमतीलाई अगाडि सारेर नेकपा कार्यालयमा तालबन्दी नै गर्न लगाएका थिए ।

देशभर जहाँजहाँ नेकपाका उम्मेदवार विशेष गरी पूर्वमाओवादी खेमाका उम्मेदवार उठेका थिए, त्यहाँ त्यहाँ जानीजानी विचार गरेरै पूर्वएमालेका तर्फबाट अन्तर्घात भएको छ । पार्टी सिध्याउने र गुट बचाउने नाममा चरम दुरुपयोग गरिएको छ । गुटबन्दी संस्थागत गरिएको छ ।  भरतपुरमा पार्टी अध्यक्ष प्रचण्डलाई साइजमा ल्याउने भन्दै पूर्वएमालले आफ्नै पार्टीका उम्मेदवारलाई भोट नदिएको छरपष्ट नै भएको छ । प्रचण्डले पार्टी बिगा¥यो, जनताले पूर्वमाओवादीलाई मन पराउँदैनन् भन्ने नाममा पार्टी अध्यक्षको तेजोबोध गर्न पूर्वएमाले पंक्ति खुलेर लाग्यो । दाङमा त्यस्तै गरियो र धरानमा समेत त्यस्तै भयो ।

प्रदेशसभा कार्यकारी तह होइन, तर कार्यकारी अधिकार नै भएको धरानमा पार्टी उम्मेदवारलाई नै हराउन पूर्वएमाले पंक्ति खुलेर लाग्यो । पूर्वमाओवादीमा नेता छैनन्, तिनले चुनाव जित्न सक्दैनन् भन्ने गलत कुरा स्थापित गराएर पार्टीलाई आफ्नो मौजा ठान्ने प्रवृत्तिले नेकपाले केही स्थान गुमाएको छ ।

निर्वाचन परिचालनका लागि रातदिन नभनी खटिएका पार्टी अध्यक्ष प्रचण्डलाई साइजमा ल्याउन खोज्दा नेकपाले करिब ४० स्थानमा जित निकाल्नबाट चुकेको छ । विगतमा नेकपाले जितेका सात स्थानमा काँग्रेस विजयी भएको छ । हाल प्राप्त भएको ३१ स्थानमा सात थप्दा ३८ स्थान हुन पुग्थ्यो । तर पूर्वएमालेहरुको धोकाका कारण नेकपा ४० स्थानमा जित निकाल्नबाट बञ्चित भएको छ ।

१३ स्थानमा सिमित नेपाली काँग्रेसले निर्वाचनमा धाँधली भएको विज्ञप्ति नै जारी गरेको थियो । कांग्रेसका सभापति शेरबहादुर देउवाका तर्फबाट मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा निवार्चन स्वतन्त्र, निष्पक्ष, भय र धाधलीरहित रुपमा सम्पन्न गर्ने जिम्मेवारी सरकारको हो । नेपाली कांग्रेसले विगतमा आफ्नो पराजय आँकलन गरिरहँदासमेत निष्पक्षरूपमा सम्पन्न गरायो । तर, वर्तमान सरकारले निर्वाचनलाई स्वतन्त्र निष्पक्ष र धाँधली रहित गर्न नसक्नु दुखद भएको र निर्वाचनमा सरकारी सवारी सधानको प्रयोग, सत्ता संरक्षणका लागि भौतिक आक्रमण, अनेक भय र प्रलोभन दिएको भन्दै आपत्ति जनाएको थियो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि सरकारले आफ्नो पार्टी विजयी गराउन सरकारी दुरुपयोग गरेको आरोप लगाएका थिए । कांग्रेसले आत्तिएर धारणा सार्वजनिक गरेपनि भक्तपुरमा पूर्व एमालले काँग्रेसलाई नै मत दिएर जिताएका थिए । भक्तपुर १ ९क० मा नेकपा र कांग्रेसबीच भएको निर्वाचनमा कांग्रेस विजयी भएको छ । सो क्षेत्रमा नेपाली कांग्रेसका कृष्णलाल भँडेल विजयी भएका छन् । काँग्रेस उम्मेदवारले १३ हजार ४ सय ४८ मत ल्याएर विजयी हुँदा नेकपाका उम्मेदवार डिपी ढकालले मात्रै ११ हजार २ सय ६ मत पाएका छन् ।

जबकि तत्कालीन वामगठबन्धनबाट नेकपा एमालेका हरिशरण लामछिाने १२ हजार ७ सय ८९ मतका साथ विजयी भएका थिए । नेकपा अध्यक्ष प्रचण्डको गृहजिल्लामै नेकपा पराजित भएको छ । त्यहाँ समेत चरम चलखेल भएको छ । चलखेलका प्रधानमन्त्रीको नजिक भएको दावी गर्ने एक नेताको हात रहेको बताइन्छ ।

चितवनमा ओली गुट असाध्यै कमजोर भएपनि काँग्रेसका उम्मेदवार जिताउन परिचालित भएको रिपोर्ट पार्टी केन्द्रीय कार्यालयमा आएको छ । पार्टी अध्यक्ष प्रचण्डको गृहजिल्लामा भएको तीन वटा वडामा समेत नेकपा पराजित भएको छ । उपनिर्वाचनमा नेकपाले सोचेजस्तो मत आउन सकेन । त्यसमा पूर्वएमाले पंक्तिले नै गुटबन्दी गरेको, विपक्षीसँग मिलेको तथा अनावश्यक साँठगाँठ गरेको पाइएको छ । यसलाई समाधान गर्न पार्टी नेतृत्वले कस्तो कदम चाल्ला त्यो भने हेर्न बाँकी रहेको छ ।अन्तैबाट

Loading...