बृहत कम्युनिष्ट पार्टी बनाउने भन्दै फुट्यो नेपाल मजदूर किसान पार्टी

भक्तपुर । चर्चित नेता नारायणमान बिजुक्छेले बर्षाैंदेखि नेतृत्व गर्दै आएको नेपाल मजदूर किसान पार्टी (नेपकिपा)मा विद्रोह भएको छ । केन्द्रिय उपाध्यक्ष पूर्णप्रसाद धितालको नेतृत्वमा विद्रोह भएको हो ।

केन्द्रिय उपाध्यक्ष पूर्णप्रसाद धितालको नेतृत्वमा नेमकिपा फुटेर नयाँ पार्टी बनेको छ । नयाँ पार्टीकाे नाम ‘बृहत कम्युनिष्ट पार्टी निर्माण अभियान’ राखिएको छ ।

 

सोमबार एक बिज्ञप्ति जारी गरि असन्तुष्ट पक्षले आफूहरु नेमकिपाबाट अलग भएर ‘बृहत कम्युनिष्ट पार्टी निर्माण अभियान’मा लागेको घोषणा गरेका हुन् ।

 

पार्टी नेतृत्व सिमित ठाउँबाट बाहिर निस्कन नसक्दा संगठन फैलिनुको साटो खुम्चिँदै गएको र आफूहरुको सुझावलाई पार्टी नेतृत्वले बेवास्ता गरेका कारण आफूहरु राजिनामा दिन बाध्य भएको संयुक्त विज्ञप्तिमा भनिएको छ ।

 

मार्क्सवाद, लेनिनवाद र माओ विचारधारा मान्ने शक्तिहरुसँग वृहत कम्युनिस्ट एकताको लागि छलफल जारी राख्ने विज्ञप्तिमा उल्लेख छ ।

 

उपाध्यक्ष धितालसँगै प्रयागदत्त उपाध्याय, मेघनाथ, जगन्नाथ, लक्ष्मीचन्द्र, खम्बा शाही लगायत उपत्यका बाहिर पार्टीको खम्बाकारुपमा रहेका नेमकिपाका १ सय ३७ नेता-कार्यकर्ताले संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्दै पार्टी परित्याग गरेका छन् ।

 

 

 

Loading...