महरालाई पक्राउ गर्न अदालतले पनि दियो अनुमति

काठमाडौं, १९ असोज । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न अदालतले पनि अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले महरालाई पक्राउ गर्न अनुमति दिएको हो ।

महरालाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमति मागेको थियो । शुक्रबार नयाँ बानेश्वर प्रहरी कार्यालयमा महरा विरुद्ध बलात्कार प्रयासमा मुद्दा परेपछि सोही जाहेरीका आधारमा पक्राउ गर्न प्रहरीले जिल्ला अदालत काठमाडौसँग अनुमति मागेको थियो ।

महराविरुद्ध संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले आफूमाथि बलात्कार प्रयास गरेको मुद्दा दर्ता गरेकी हुन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

तर, प्रहरीले अझै उनलाई पक्राउ गर्न नसक्ने बताइएको छ । अदालतले अनुमति दिइसकेपछि पनि उनलाई पक्राउ गर्नुअघि संसदले उनलाई निलम्बनको प्रक्रिया पुरा गर्नुपर्ने कानुनविदहरु बताउँछन ।

Loading...