रेनु दाहाललाई सामाजिक सञ्जालमा अश्लिल गाली गर्नेलाई कार्वाही हुने

प्रहरी प्रशासनको आग्रह नमान्दा ज्ञानेन्द्र शाहीमाथि आक्रमण

चितवन । चितवनमा शनिबार ज्ञानेन्द्र शाहीमाथि भएको आक्रमणसँग जोडेर भरतपुर महानगरपालिका मेयर रेनु दाहालको चरित्र हत्या हुन थालेपछि प्रहरी अनुसन्धानमा सक्रिय भएको छ ।

प्रहरीले रेनु दाहालको मानमर्दन तथा चरित्र हत्या गर्ने किसिमले सामाजिक सञ्जालमा अभिव्यक्ति र सामग्री सार्वजनिक हुन थालेपछि अनुसन्धान शुरु गरेको हो ।

‘ज्ञानेन्द्र शाहीमाथि भएको आक्रमणलाई जोडेर मेयर रेनु दाहाललाई गालीगलौज गर्ने कार्य भइरहेको छ ।” चितवनका एसपी दान बहादुर मल्लले भने, “हामीले त्यसको सूक्ष्म अनुसन्धान गररहेका छौं । अनुसन्धानबाट व्यक्ति तथा समूह पत्ता लगाएर कार्वाही प्रक्रिया अगाडि बढाउछौं ।”

दाहालमाथि निकै तल्लो स्तरमा उत्रेर आलोचना गरिएको छ । नेपाल र नेपाल बाहिर रहेका कतिपय व्यक्तिहरुले उनलाई गालीगलौज गर्ने काम बढन थालेपछि प्रहरीले सक्रियता देखाएको हो ।

किटानी जाहेरी आएपछि सम्बन्धित व्यक्तिमाथि सोझै कार्वाही हुने अवस्था भएपनि सामाजिक सञ्जालको निरिक्षण गर्न बेग्लै प्रहरी टीम या इकाई हुनुपर्ने माग समेत कतिपयले गरेका छन् ।

प्रहरी प्रशासनको आग्रह नमान्दा ज्ञानेन्द्र शाहीमाथि आक्रमण

प्रहरी प्रशासनको आग्रह अवज्ञा गर्दा ज्ञानेन्द्र शाहीमाथि आक्रमण भएको बुझिएको छ । ‘नेपालका लागि नेपाली’ अभियानका अभियन्ता शाहीमाथि शनिबार चितवनमा आक्रमण भएको थियो ।

अभियानले चितवनको भरतपुरस्थित चौविसकोठीमा ‘भष्ट्राचार, वेथिती र लुटतन्त्रको विरोधमा नागरिक खबरदारी’ सभा गर्न लागेको जानकारी पाएपछि प्रहरी प्रशासनले ‘सुरक्षा थ्रे’ रहेको भन्दै कार्यक्रम नगर्न शाहीलाई आग्रह गरेको थियो । तर, उनले उक्त अवज्ञा गर्दै ‘सुटुक्क’ चितवन पुगे ।

‘हामीलाई ज्ञानेन्द्र शाही लगायतले कार्यक्रम गर्दैछन् भन्नेसमेत थाहा थिएनँ । पछि थाहा पाएपछि म र सिडियो सापले कार्यक्रम नगर्न आग्रह गरेका थियौं,’ चितवनका एसपी दानबहादुर मल्ले भने, ‘सुरुमा हुन्छ म आउँदैन भन्नु भएको थियो । पछि ‘सुटुक्क’ आउनुभएछ । उहाँ (ज्ञानेन्द्र शाही)माथि कुटपिट भएपछि मात्रै हामीले उहाँ आएको थाहा पायौं ।’

शाहीका साथीले पनि ज्ञानेन्द्र कार्यक्रममा उपस्थित नहुने र काठमाडौंमा रहेको जानकारी प्रहरीलाई दिएका थिए । तर, उनी एक्कासी चितवनको ग्लोबल होटलमा पुगे, त्यसलगत्तै उनीमाथि आक्रमण भयो । घटनाबारे थाहा पाउने वित्तिकै शाहीलाई उद्दार गरेर अस्पताल लगिएको एसपी मल्लले जानकारी दिए ।

Loading...