चालीस वर्षपछि पाटनमा ऐतिहासिक नवदुर्गा नाच नचाइदै

 

ललितपुर, १६ असाेज । चालीस वर्ष अगाडि रोकिएको ललितपुरको प्रशिद्ध ऐतिहासिक ठेचोको नवदुर्गा नाच पुनः विजयादशमीका दिन नचाइने भएको छ ।

बिहिबार ललितपुर महानगरपालिका १६ नं. वडाले पत्रकार सम्म्मेलन गरी सो नाच पुनः संचालन गरिने जानकारी दिएको छ । ललितपुर ठेचोका नवदुर्गा नाच पाटन दरवार क्षेत्रसँग सम्बन्धित विभिन्न नाचमध्ये सबभन्दा पुरानो नाच भएको  बताइन्छ । याे नाच लिच्छवीकालीन राजा मानदेवका इष्टदेवता मानमानेश्वरी देवी र मल्लकालीन तलेजु भवानी देवीसँग सम्बन्धित रहेको मानिन्छ । दरवारको मूलचोकमा प्रत्येक वर्ष बडादसैको विजयादशमी र कोजाग्रत पूर्णिमाको अवसरमा याे नाच चार दिन नचाउनुपर्ने परम्परा रहेको छ ।

ललितपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अजरमान जोशीले सांस्कृतिक नगरीको रुपमा विश्वले चिनेको ललितपुरको पुरानो मौलिक सभ्यता, कला, संस्कृति र नृत्यहरु लोप हुनबाट जोगाउनुपर्ने सबै क्षेत्रबात सहयोगको खाचो जरुरी रहेको बताउँछन। त्यसैगरी पट्को टोल सुधार समितिका अध्यक्ष तथा पूजारी बदन शर्माले आयस्रोत कमजोर भएकाले एउटा बोको बलि दिन नसक्दा नृत्य प्रदर्शन हुन नसकेको बताए ।

नाचबारे जानकारी दिन अायाेजना गरिएकाे पत्रकार सम्मेलनमा  वडा अध्यक्ष निर्मलरत्न शाक्यले नृत्यलाई निरन्तरता दिन वडास्तरीय आर्थिक दरबन्दीलाई नगरस्तरीय गरिने जानकारी दिए । 

आर्थिक अभाव र समस्याले गर्दा बन्द भए सो नाच पुनः संचालनमा ल्याउन नगरपालिकाले दरबन्दीको ब्यबस्था गरि दिगो बनाइन लागेको हो ।
नेवाः पत्रकार राष्ट्रिय दबू यल जिल्ला, यल सांस्कृतिक पर्व संरक्षण समिति, नवदुर्गा गुठीयार, पाटन दरवारको मू छे आगन घरका पुजारी, ललितपुर महानगरपालिका लगायत सम्पूर्णको पहलमा २०७५ बन्द भइसकको नाच पुनः सञ्चालनमा आएको थियो ।

विजयादशमीमा मंगलबजार चार दोबाटोमा नवदुर्गा गणको मू द्यः (मुख्य देवता) र मनमानेश्वरीबीच एकआपसमा तीन पल्ट ढाेगभेट दर्शन गराउने परम्परा छ । त्यसपछि नवदुर्गा गणका तर्फबाट भैरव, काली र बाराहीले मनमानेश्वरीलाई नृत्य सहित फुलमाला चढाउने गरिन्छ । उक्त फुलमाला बुङमतीका नाइकेहरूले बुङमतीमा पु¥याई त्यहा हयग्रीव भैरवको धुमधामसग जात्रा आरम्भ गर्ने चलन छ ।

मनमानेश्वरी देवीलाई नृत्यसहित फूलमाला चढाइसकेपछि नवदुर्गा गण दरवारको मूलचोकमा भित्रिन्छ । मूलचोकमा केही बेर नृत्य प्रस्तुत गरिसकेपछि त्यहाबाट मंगलबजार नजिकैको पट्काे टोलस्थित डबलीमा नृत्य गराउने चलन थियो ।

पट्काे टोलमा नचाउने चलन ४० वर्षदेखि बन्द छ । लामो समय रोकिएको नाच यस वर्ष दसैमा पुनः सञ्चालनमा आउने कुरा जानकारी गराउन पाउदा निकै खुसीले हर्षित भएको गुठियारहरु बताउँछन् ।

नाच पुनः सञ्चालनमा ल्याउन नवदुर्गा गुठीयार, पटकाे टोल सुधार समिति र ललितपुर महानगरपालिका १६ वडा कार्यालयबीच त्रिपक्ष निर्णय भएको छ ।

Loading...