पारसको कीर्तिमानी शतकसँगै नेपालको शानदार जित

काठमाडौं,११ असोज। पारस खड्काको कीर्तिमानी शतकसँगै नेपालले सिंगापुरलाई ९ विकेटले हराएको छ र त्रिकोणात्मक सिरिजमा पहिलो जित हात पारेको छ ।

सिंगापुरले दिएको १५२ रनको लक्ष्य नेपालले १६ ओभरमा मात्र एक विकेट गुमाएर भेट्टायो ।

नेपालले पहिलो विकेट भने यस्तैमा गुमाएको थियो । इशान पाण्डे मात्र ५ रनमा आउट भए, जतिबेला टिमको स्कोर ९ रन थियो । तर पारसले कप्तानी पारी खेले ।

दोस्रो विकेटका लागि आरिफ शेखसँग १४५ रनको शाझेदारी गरेका उनले मात्र ४९ बलमा शतक पुरा गरेका थिए । उनले सिंगापुरका कप्तान टिम डेभिडको बलमा छक्का हान्दै शतक पुरा गरे । टी(२० आईमा उनको यो पहिलो शतक हो ।

उनी १०६ रनमा अविजित रहे । पारससँग राम्रो साझेदारी गरेका आरिफ ३९ रनमा अविजित रहे ।

यसअघि टस जितेर पहिले ब्याटिङ थालेको घरेलु टोलीले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १५१ रन बनायो ।

नेपालले पहिलो विकेट सुरुमा नै लिएको थियो । तर टिम डेभिडले कप्तानी पारी खेले एस चन्द्रमोहनसँग ३५ रनको साझेदारी गरेका डेभिडले मनप्रित सिंहसँग ४५ रनको साझेदारी गरे । यस्तै चौथो विकेटका लागि अविजित ४९ रनको साझेदारी गरे ।

डेभिड ६४ रनमा अविजित रहे । नेपालका कारण केसीले २ र सुशन भारीले एक विकेट लिए ।

Loading...