कोरियाली आरोहण दलले ल्होत्से हिमाल आरोहण गर्ने

काठमाडौँ, २४ भदौ । अघिल्लो चार पटकसम्म ल्होत्से हिमाल आरोहण गर्न असफल दक्षिण कोरियाली आरोहण दलले पुनःपाँचौँ पटक उक्त हिमाल आरोहण गर्ने भएको छ ।

आरोहणका हिसाबले सबैभन्दा गाह्रो (८,५१५) मिटर अग्लो ल्होत्सेको दक्षिणी मोहडा आरोहणका लागि कोरियाका साहसिक आरोही सुङ टेक होङ क्गलन त्बभप ज्यलन नेतृत्वको सात सदस्यीय आरोही दल त्यसतर्फ लागेको हो । उक्त आरोहणमा अन्य तीन जना नेपाली शेर्पा आरोही गरी जम्मा १० जनाको समूह छन् ।

आरोहण दलमा सहभागी नेपाली पर्वतीय पथप्रदर्शक वाङ्चु शेर्पाका अनुसार ५७ दिनको अवधिको यो आरोहण दलले अक्टोबर २१ (कात्तिक–४ गते) आरोहण लक्ष्य (समिट टार्गेट) रहेको छ । पहिला तीन महिना पनि लाग्ने गरेको अनुभव बताउने शेर्पाले मौसमले साथ दिएमा निर्धारित समयमै आरोहण हुने बताए ।

सुङले सर्वोच्च शिखर सगरमाथासहित विश्वका चर्चित हिमाल आरोहण गरिसक्नुभएको छ । उक्त आरोहण दलमा नेशनल जिओग्राफीको मिडियाको टोली पनि सहभागी छ । कहलिएका र प्राविधिक हिसाबले केही सजिलो हिमाल त सबैले चढेकै हुन् तर अलिक फरक किसिमको हिमाल चढ्ने अभिलासाका साथ आफू निकै गाह्रो हिमाल जोखिम मोलेर चढ्न लागेको सुङले बताए ।

नेपाल पर्वतारोहण संघका तर्फबाट गरिएको स्वागत कार्यक्रमका अवसरमा सुङले नेपालको साहसिक पर्यटन प्रवद्र्धनमा आरोहणको महत्वपूर्ण भूमिका हुने बताए ।

सो अवसरमा संघका अध्यक्ष सन्तवीर लामाले आरोही दललाई संघको झण्डा हस्तान्तरण गर्दै सफलताको शुभकामना व्यक्त गरे । उनले विश्वचर्चित नेशनल जियोग्राफीका मिडिया प्रतिनिधिसमेत सहभागी यो आरोहणले नेपालको पर्वतीय पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने धारणा राखे ।

ल्होत्सेको दक्षिणी मोहडा आरोहणका हिसाबले सबैभन्दा गाह्रो हिमाल मानिन्छ । धेरै आरोहीले प्रयास गरे पनि अहिलेसम्म कुनै आरोही सफल भएका छैनन् ।

Loading...