घरबेटीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक डेरावाल पक्राउ

काभ्रेको पाँचखालमा घरबेटी महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा एक डेरावाल पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ३१ वर्षका सुनबहादुर लामा रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

लामाले ३३ वर्षीया घरबेटी महिलालाई गत जेठ २३ गते राति १ बजे जबर्जस्ती करणी गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । एक पटक जबर्जस्ती गरेका लामाले पटक पटक सोही अपराध गरेको आरोप लागेको छ । उनले अन्तिमपटक असार २६ गते जबर्जस्ती करणी गरेको महिलाले उजुरीमा उल्लेख गरेकी छन् ।

पटक–पटक धम्क्याएर जबर्जस्ती गरिरहेको सहन गर्न नसकी महिला प्रहरी कार्यालय पुगेपछी लामा फरार थिए । उनलाई पक्राउ गरि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी सोही नगरपालिकाका ५७ वर्षीय इमानसिं तामाङ पनि जवर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् । गत असार १३ गते बिहान बारीमा मकै गोड्न बोलाइ उनले स्थानीय ३७ वर्षकी महिलालाई जबर्जस्ती गरी फरार रहेकोमा हाल पक्राउ परेका काभ्रे प्रहरीको भनाइ छ ।

Loading...