एयर सुन्दरीहरुका लागि सिजन मिडियाले ल्यायो नयाँ अवसर

काठमाडौं । सिजन मिडियाले मिस एयर होस्टेस २०१७ चौथो संस्करणको आयोजना गरेको छ । विगत ७ वर्षदेखि यो प्रतियोगिता आयोजना गर्दै आएको सिजन मिडियाले यस सिजनको पहिलो चरणको छनौट प्रक्रियाबाट ५१ जना एयर सुन्दरीहरु छनौट गरेको जनाएको छ ।

मिस एयर होस्टेसका लागि एयर होस्टेस सम्वन्धी काठमाडौं लगायत विभिन्न सहरमा एयर होस्टेसको तालिम लिइ बसेका वा तालिम लिँदै गरेका कक्षा १२ वा सोसरह अध्ययनरत सुन्दरीहरुले भाग लिएका छन् । सुरुमा ८१ जना युवतीहरुले प्रतियोगिताको लागि आवेदन भरेकोमा अन्तिममा ५१ जना छनौट भएको मिडियाले जनाएको छ ।

यस प्रतियोगितात्मक कार्यक्रमबाट प्रतियोगीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि लगायत नेतृत्वदायी क्षमताको विकासका साथै एयर होस्टेस बन्नका लागि अन्य सहयोग पु¥याउँने उद्देश्यले यो कार्यक्रमलाई निरन्तरता दिएकोे सिजन मिडियाका प्रबन्ध निर्देशक प्रदिपराज वन्तले जनाएका छन् ।

पहिलो चरणको छनौट कार्यक्रममा नेपाल एयरलाइन्सको वोर्ड डाइरेक्टर अच्युतराज पहाडी, नागरिक उड्डयन प्राधिकरण (क्यान)का ट्रमिनल म्यानेजर सुनीता भारद्धाज, सिम्रिक एयरका चिफ एयर होस्टेस अस्मीता खनाल, हिमालयन एयरलाइसका इन्जीनियर रन्जीत जैसवाल र अफिसियल कोरीयोग्राफ रोजीन शाक्य रहेका थिए ।

पहिलो चरणबाट छनौट भएका प्रतियोगीहरुलाई भदौ ५ गतेबाट कमलादीस्थित सिडव्लु पार्टी प्यालेसमा प्रशिक्षण दिइने बताइएको छ । प्रशिक्षणको क्रममा व्यक्तित्व विकास सम्बन्धी प्रशिक्षणका साथै हस्पीटालीटी सम्वन्धि जानकारी प्रदान गराइने बताइएको छ ।

प्रतियोगिताका विजेतालार्इ मिस एयरहोस्टेस २०१७ को ताज उपाधि सहित २५ हजार नगद पुरस्कार प्रदान गरिने बताइएको छ । साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय विमान कम्पनीमा रोजगारीको अवसर प्रदान गरिने र उच्च शिक्षामा १ लाख वरावरको छात्रावृत्ति पनि प्रदान गरिने बताइएको छ । त्यसैगरी फस्ट रनर अप र सेकेण्ड रनरले क्रमशः १५ हजार र १० हजार नगद पुरस्कार साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय विमान कम्पनीमा रोजगारीको अवसर प्रदान गरिने बताइएको छ । उनीहरुलाई पनि उच्च शिक्षामा १ लाख वरावरको छात्रावृत्ति दिइने वन्तले जानकारी दिएका छन् ।

Loading...