मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

पाल्पा, ९ साउन । पाल्पाको तिनाउ गाउँपालिका–३, श्रीडाँडा ढुङ्गखानी नजिकै मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। बिहीबार आँफैले चलाएको मोटरसाइकल दुर्घटनामा पर्दा ३१ वर्षे बुद्धबहादुर दर्लामीको मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका दर्लामीको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।खानीबाट श्रीडाँडातर्फ जाँदै गरेको लु ४५ प ७८१२ नम्वरको मोटसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो।

मोटसाइकल चालक तिनाउ गाउँपालिका ३ का खानीबाट घर जाँदै गर्दा दुर्घटनामा परेका थिए।

Loading...