भदौ १ देखि बाट चक्रपथमा ट्रक, मिनी ट्रक र ट्रिपर गुड्न निषेध, नियम उलंघन गर्नेलाई ५,००० जरिवाना

श्रावन ३२, काठमाडौं –                                    राजधानीमा अत्यधिक सवारीजामलाई व्यवस्थापन गर्न भन्दै सरकारले विहिवार भदौ १ देखि काठमाडौंको चक्रपथ रिङ्गरोडमा मालवाहक सवारीसाधन ट्रक, ट्रिपर र मिनिट्रक चल्न रोकलगाउने भएको छ । विहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म चक्रपथ तथा सोभन्दा भित्र मालबाहक सवारी चल्न रोक लगाउने भनिएको हो। तर अत्यावश्यक पेट्रोल, ग्यास, पानी लगायत सेवाका सवारीसाधानमा एस्तो निर्णय लागूनहुने बताएको छ ।

मुख्य गरि चक्रपथ क्षेत्र सवारी जामको उच्च समस्या भएकाे कारण नारायणगोपाल चोक, कलंकी , गौशाला, चाबहिल, कोटेश्वर, ग्वार्खो, सातदोबाटोलगायत क्षेत्रमा प्राय दिनभरी जसो जाम हुँदा यात्रुले दुःख खेप्नुपरेको र समय मै गणतव्यमा पुग्न निकै कठिनाई भएकाे कारण एस्तो निर्णय लिईएको बताईएको छ ।

यो नियम पछि बाहिरबाट उपत्यका प्रवेश गर्ने मालबाहक सवारीका लागि विभिन्न नाकामा फरक फरक पार्किङस्थल समेत तोकिने र तोकिएको अवधिभन्दा अघि वा पछि चक्रपथमा प्रवेश गरेको खण्डमा सवारी तथा यातायात व्यवस्था ऐन अनुसार ५,००० /- पाँच हजार जरिवाना हुने भएको छ।

चक्रपथमा करिब ११ लाख सवारीसाधन गुड्दै आएको र यसमा करिव ३० प्रतिशत ट्रक र टिप्पर रहेको विभागको भनाइ छ । विभागको तथ्यांकअनुसार बाग्मती अञ्चलमा मात्र हालसम्म १९ हजार चार सय ४० ट्रक दर्ता भएका छन् भने दुई हजार नौ सय आठ ट्र्याक्टर र पावरटिलर दर्ता भएका छन् ।

उपत्यका परिवेश गर्ने मालबाहक सवारीका लागि विभिन्न नाकामा पार्किङस्थलसमेत तोकिएको छ । पृथ्वीराजमार्ग हुँदै आउने मालबाहक सवारीलाई नौबिसेमा पार्किङ तोकिएको छ । गोदावरीतर्फबाट आउने ट्रक/टिप्परले धापाखेलमा पार्किङ गर्न पाउने ब्येबस्था गरेको छ , भने अरनिको तथा वीपी राजमार्ग भएर आउने सवारी साधनलाई बनेपामा रोकिनु पर्ने भएको छ । नुवाकोट तर्फबाट आउने मालबाहक सवारीसाधन झोर र मुडेमा रोकिनु पर्ने छ ।

चक्रपथमा करिब ११ लाख सवारीसाधन गुड्दै आएको र यसमा करिव ३० प्रतिशत ट्रक र टिप्पर रहेको विभागको तथ्यांक  रहेको छ । विभागको तथ्यांकअनुसार बाग्मती अञ्चलमा मात्र हालसम्म १९ हजार चार सय ४० ट्रक दर्ता भएका छन् भने दुई हजार नौ सय आठ ट्र्याक्टर र पावरटिलर दर्ता भएका छन् ।

Loading...