छवि ओझा विरुद्ध पर्यो बहुबिवाह मुद्दा, छवि–शिल्पाको झगडा नयाँ मोडमा

काठमाडौं, ५ साउन । छविराज ओझाकी पूर्वपत्नी हेमा ओझाले छविराज ओझाविरुद्ध बहुविवाहको उजुरी दिएकी छिन् । हेमाले महानगरीय प्रहरी वृत्त, गौशालामा जाहेरी दिएकी हुन् । छवि र हेमाले वि.सं. २०४१ सालमा बिहे गरेका थिए ।

उनले निर्माता छविराज ओझाले आफूलाई थाहै नदिई शिल्पा पोखरेलसँग बिहे गरेको मिडियाको माध्यमबाट थाहा पाएको पनि जाहेरीमा उल्लेख छ । निवेदनमा उनले छविराज ओझाले शिल्पा पोखरेलसँग बिहे गरेको भनेर सोध्दा ‘के छ तिमीहरुसँग प्रमाण ?’ भन्दै उल्टो प्रतिप्रश्न गरेको बताएकी छिन् ।

उनले पछिल्लो समयमा मिडियामा पनि धेरै चर्चा भएपछि आफैले खोजी उहाँ नजिकका व्यक्तिहरुलाई सहयोग मागी उहाँकै कार्यालयबाट सहयोग मागी कर्मचारीमार्फत शिल्पा र छविको बिहे भएको थाहा पाएपछि उजुरी दिएको बताएकी हुन् ।

केही हप्ताअघि छविराजविरुद्ध नायिका शिल्पा पोखरेलले घरेलु हिंसाविरुद्ध उजुरी दिएकी थिइन् । शिल्पाले छविले आफूमाथि हातपात गरेको भन्दै डिभोर्स मागेकी थिइन् । यसैबीच छविकी पूर्वपत्नीले हेमाले बहुविवाहको आरोप लगाउँदै उजुरी दिएकी हुन् । हेमाका अनुसार छविले लामो समयदेखि आफूले बिहे गरेको कुरा लुकाउँदै आएका थिए ।

Loading...