शिल्पालाई अंश नदिन छविले आफ्नै विरुद्ध एक पूर्व पत्नीलाई बहुविवाहको मुद्दा हाल्न लगाएको खुलासा

काठमाडौं । नायिका शिल्पा पाेखरेलले डिभाेर्स मुद्दा हालेर कानुनी हक दावी गरेपछि डराएका चलचित्र निर्माता छविराज ओझाले अाफ्नै विरुद्ध अाफ्नी एक पूर्व पत्नीलाइ बहुविवाहकाे मुद्दा दायर गर्न लगाएकाे थाहा भएकाे छ । 

नायिका शिल्पाले अाफूलाइृ छविले चरम घरेलु यातना दिएकाे भन्दै प्रहरीमा उजुरी दिएकी थिइन । त्यसपछि पनि उनी अझै नाटकीय रुपमा प्रस्तुत हुन थालेकाे देखेर डराएकी शिल्पाले अब उनीसँग बस्न नसक्ने निर्णय सुनाएकी थिइन । साेही वमाेजिम उनले सम्बन्ध विच्छेदकाे मुद्दा दायर गरेकी थिइन । 

शिल्पाले मुद्दा दायर गरेपछि सामाजिक सञ्जालदेखि अाफ्ना नजिकका यूट्यूवरहरुलाइ लगाएर उनी शिल्पामाथि विभिन्न तरिकाले खनिनुका साथै कहिले फकाएर अझै पनि अाफूले ‘श्रीमती बनाएर राख्ने’ बताउँदै अाएका थिए । तर शिल्पाले भने अाफूलाइ छविले तीन वर्षदेखि नै लगातार शारीरिक र मानसिक यातना दिँदै राखेकाे अन्तिममा एकदिन घाँटी थिचेर मार्नै खाेजेपछि उम्किएकाे बताएर अब फेरि उनीसँग बस्न नसक्ने प्रष्ट पारेकी थिइन । यस कुरामा छवि र शिल्पाका फ्यानहरु बाँडिएका थिए । शिल्पाले सम्बन्ध विच्छेद पनि गर्ने र कानुनी हक पनि दावी गर्ने थाहा पाएपछि पति छवि अाेझाले अहिले अर्काे षड्यन्त्र रचेकाे शिल्पाका अाफन्तहरु बताउँछन । 

पति छवि अाेझाले अाफ्नी जेठी श्रीमती हेमा ओझालाइ लगाए र अाफै विरुद्ध बहुविवाहको मुद्दा दर्ता गराएका हुन् । बहुविवाहकाे मुद्दा दुबै जनालाइ लाग्ने भएकाेले त्याे देखेपछि शिल्पा डराएर सम्झाैतामा अाउन सक्ने वा सम्पतिकाे दावी नै नगरी अलग हुनसक्ने ठानेर अाेझाले याे बहुबिवाहकाे मुद्दा दिन लगाएकाे बताइन्छ । 

छविकी जेठी श्रीमती हेमा ओझाले आइतबार छवि र शिल्पाविरुद्ध महानगरीय प्रहरी वृत्त गौशालामा बहुविवाहको मुद्दा दर्ता गराएकी छन्। उनले यसअगाडि आफुले कुनै प्रमाण नभेटेको र अहिले आफु प्रमाणसहित दुवैलाई मुद्दा दायर गरेको बताएकी छिन्।

बहुविवाहको उजुरी परेपछि प्रहरीले आवश्यक अनुसन्धान गर्न पक्राउ गर्नुपर्ने हुन्छ । अब छवि–शिल्पा पक्राउ पर्ने र उनीहरु दोषी देखिए जेल पर्ने बताइन्छ ।

गएको भदौ गतेबाट लागू भएको कानुनअनुसार बहुविवाह गरि आएकी महिलाले अंश नपाउने र सो विवाहलाई कानुनी मान्यता नदिने उल्लेख रहेकाे छ । छवि–शिल्पाले ६ महिनाअघि विवाह दर्ता गरेको बताइएको छ । यदी भदौ १ गतेपछि उनीहरुबीच विवाह भएको भनि विवाह दर्ता गरेको हो भने छवि शिल्पाबीचको विवाहले कानुनी मान्यता पाउने छैन भने दुवै जेल पर्नेछन् । बहुविवाह भएको जानकारी भएको मितिले ३ महिनाभित्र उजुरी दिनु पर्ने कानुनी प्रावधान छ । यदि ३ महिनापछि दिएको उजुरीले कुनै कानुनी हैसियत पाउने छैन । शिल्पालाई अंश नदिन छविले आफैं जेल पर्ने गरि कदम चालेको चर्चाले चलचित्र क्षेत्र तताउन थालेको छ ।

मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १७५ को उपदफा ४ बमोजिम बहुविवाह गर्ने महिला पुरुष दुवैलाई एक वर्षदेखि पाँच वर्षसम्मको कैद र दश हजार रुपैयाँदेखि पचास हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ ।

सोही दफाको उपदफा ५ मा बहुविवाह स्वतः बदर हुने उल्लेख छ । यही गएको भदौ १ गतेपछि उनीहरुबीच विवाह भएको पुष्टि भएमा सो विवाह बदर हुनेछ र जेलसहित नगर जरिवानामा पर्नेछन् ।

यदि भदौ १ गते अगाडि विवाह गरेको प्रमाण पेश गरेमा मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १७५को उपदफा ६ ले उनीहरुको विवाहले कानुनी मान्यता पाउने छ र शिल्पाले अंश पाउने छिन् । शिल्पालाई अंश नदिने चलखेलअनुसार बहुविवाहको मुद्दा दायर गरिएको बताइएको छ । यसमा पत्रकार प्रकाश सुवेदी र स्वागत नेपाल लगायतकाहरुको भूमिका रहेको चलचित्र क्षेत्रमा चर्चा छ ।

Loading...