मन्त्रीमण्डल तत्काल परिर्वन : पौडेल

बुटवल । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले सरकारको मन्त्रीमण्डल तत्काल परिर्वन गर्नुपर्ने बताएका छन् । प्रदेश ५ को बुटवलमा पत्रकारहरुसंग कुरा गर्दै नेता पौडेलले मन्त्रीमण्डल तत्काल परिर्वन गर्नुपर्ने बताएका हुन् ।

सरकार सुशासनको दिशामा कमजोर देखिएको स्वीकार गर्दै नेता पौडेलले त्यसै कारण पनि मन्त्री मण्डल परिवर्तन हुनुपर्ने तर्क गरे । सरकारमा सहभागी मन्त्रीहरूको कार्यशैली टिठलाग्दो र कार्यसम्पादन कमजोर रहेको उनले आरोप लगाए । यथास्थितिमै सरकार चलाइराखे जनतामा दुई तिहाइको कम्युनिष्ट सरकारप्रति बितृष्णा पैदा हुने उनको भनाइ छ ।

”सरकार गतिशील बनाउन मन्त्री परिवर्तन परिवर्तनको विकल्प छैन ।” नेता पौडेलले प्रष्ट पारे ।

सरकारको नेतृत्व भने बर्तमान प्राधानमन्त्री केपी ओलीकै रहनुपर्नेमा उनको जोड छ । अध्यक्ष ओली र प्रचण्ड बीच आलोपालो सरकार चलाउने सहमति भएकोले सहमती बमोजिम नै नेतृत्व परिवर्तन हुने उनको जिकिर छ ।

प्रचण्डनिकट मानिएका नेता पौडेलले सरकारको नेतृत्व गर्ने लगायतका ५ बुँदे सहमति कार्यान्वयन हुनुपर्नेमा समेत जोड दिए ।

”सरकार र पार्टीको नेतृत्व आलोपालो गर्नेगरी ५ बुँदे सहमति भएकै हो, लुकाउनुपर्ने कुरै छैन । उनले भने ।

Loading...