सुस्ताका विद्यार्थीे शिक्षाबाट वञ्चित

नवलपरासी, २८ साउन । कक्षा सञ्चालनको अनुमति नदिदाँ नवलपरासी सुस्ताका गरिब तथा विपन्न विद्यार्थीले कक्षा ६ भन्दा माथिको शिक्षा लिनबाट वञ्चित भएका छन् ।

जिल्ला शिक्षा कार्यालयले यस वर्षबाट सुस्तास्थित जनता दलित प्राथमिक विद्यालयमा आधारभूत तहअन्तर्गत कक्षा ६ सम्मको मात्र पठनपाठन गराउन पाउने अनुमति दिएको छ । जसकारण गरिब, विपन्न र पिछडिएका समुदायका विद्यार्थी कक्षा ६ भन्दा भन्दा माथिको शिक्षा लिनबाट वञ्चित हुन पुुगेका छन् ।

आर्थिक हिसाबले सम्पन्न विद्यार्र्थी त्रिवेणीतिर बसेर अध्ययन गर्छन् जिल्ला शिक्षा अधिकारी मानबहादुर घिमिरेले भने, “नजिकको भारतीय विद्यालयमा पनि राम्रो पढाइ नहुने हुँदा त्यहाँका केही विद्यार्थी घरै बस्न बाध्य भएका छन् ।”

सुस्तामै माध्यमिक विद्यालय नहुँदा यहाँका ४० देखि ५० जना विद्यार्थी कक्षा ६ भन्दा माथिल्लो तहको अध्ययन गर्नबाट वञ्चित हुन पुुगेको बताइएको छ । विसं २०६५ मा सुस्तामा स्थापना भएको एक मात्र यो विद्यालयमा हाल करिब २६० जना बालबालिका अध्ययनरत् छन् ।

विद्यालयमा यसै वर्षबाट बल्ल ६ कक्षा सञ्चालनमा आएको छ । यसअगावै लामो समयसम्म कक्षा ५ सम्मको मात्र यहाँ पठनपाठन हुने गरेका थिए ।

कक्षा ६ भन्दा माथिल्लो तहको अध्ययन गर्नका लागि यहाँ विद्यार्थीलाई अर्को नजिकको विद्यालयमा जादाँ नारायणी नदीका कारण तीन घण्टाको समय लाग्ने गरेका छन् । जसकारण यहाँका कतिपय विद्यार्थीले कक्षा ६ भन्दा माथिल्लो शिक्षा आर्जन गर्नबाट वञ्चित भएका छन् ।

Loading...