नेपाल क्रिकेट सङ्घको निलम्बन यथावत्, जिम्बाबे क्रिकेट बोर्ड निलम्बन


३ साउन, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाल क्रिकेट सङ्घ (क्यान)को निलम्बन यथावत् नै राखेको छ ।

इङ्गल्याण्डको लण्डनमा बिहीबार बसेको आइसिसीको बोर्ड बैठकले क्यान निलम्बन फुकुवाका बारेमा कुनै छलफल गरेन । आइसिसीले क्यानमा सरकारी हस्तक्षेप बढेको भन्दै नेपाललाई विसं २०७३ वैशाख १३ गते निलम्बन गरेको थियो । त्यसयता बारम्बार फुकुवाको प्रयास भए पनि सफल हुन सकेको छैन ।

आइसिसीको प्रतिबन्धमा रहे पनि नेपाली क्रिकेट टोलीले आइसिसीकै निगरानीमा अन्तर्राष्ट्रिय प्रतियोगिताहरु खेल्दै आइरहेको छ ।

त्यसैगरी आइसिसीको बैठकले जिम्बावे क्रिकेट बोर्डलाई पनि प्रतिबन्ध लगाएको छ । जिम्बावे क्रिकेट बोर्डमा सरकारी हस्तक्षेप भएको भन्दै आइसिसीले जिम्बावेलाई निलम्बन गरेको हो । सरकारी हस्तक्षेप बढेको र आइसिसीको धारा २ (४) को ‘सी’ र ‘डी’ विपरीत काम गरेको भन्दै जिम्बावेलाई तत्कालैदेखि लागू हुनेगरी निलम्बन गरिएको हो ।

आइसिसीले निलम्बनसँगै जिम्बावेको सबै अनुदानसमेत रोक्का गरेको छ । जिम्बावे अहिले आर्थिक सङ्कटमा छ । आइसिसीले जिम्बावे क्रिकेट बोर्डलाई तीन महीनाभित्र यस मुद्दालाई समाधान गर्न (अल्टिमेटम) समयसीमा दिएको छ ।

जिम्बाबे क्रिकेट बोर्डलाई गत महिना खेलकुद मन्त्रालयले निलम्बित गर्दै अन्तरिम कमिटि गठन गरेको थियो जसकारण आईसीसीले यो निर्णय लिएको हो । अक्टोबरमा हुने आईसीसी बोर्ड मिटिंगले यो निर्णय माथि पुनर्विचार गर्ने बताएको छ।

 

जिम्बाबेलाई सन् १९९२ मा आईसीसीले टेस्ट मान्यता प्रदान गरेको थियो । सन् १९८७ देखि २०१५ सम्म लगातार एकदिवसीय विश्वकप खेल्न छनौट भएको जिम्बाबे २०१९ विश्वकप खेल्न भने छनौट हुन असफल भएको थियो। सन् १९९९ र २००६ को विश्वकपमा त जिम्बाबे उत्कृस्ट(६ भित्र पर्न सफल भएको थियो। यस्तै सन् २००७ देखि २०१६ को टि(२० विश्वकप समेत जिम्बाबे खेलीरहेको छ ( २००९ मा नाम फिर्ता लिएको )।

आइसिसीले क्रोएसिया र जाम्बियाको क्रिकेट बोर्डलाई पनि निलम्बन गरेको छ भने मापदण्ड नपुगेको भन्दै मोरक्कोको क्रिकेट बोर्डलाई पनि निष्कासन गरेको छ ।

अब के हुन्छ ?
निलम्बन पछी अब आईसीसीले जिम्बाबेलाई पुर्व सदस्य राष्ट्र बापत दिने फन्ड रोकिनेछ। यस्तै जिम्बाबेले आईसीसीले आयोजना गरेको प्रतियोगितामा समेत सहभागिता जनाउन पाउनेछैन । यसको मतलब अक्टोबरमा आयोजना हुने पुरुष टि–२० विश्वकप छनौट समेत जिम्बाबेले गुमाउन सक्नेछ ।

नेपाललाई आईसीसीले निलम्बन गरे पनि आईसीसीले आयोजना गर्ने र अन्य प्रतियोगितामा पनि नेपाललाई सहभागिता खुला गरेको छ । यस्तै खेलाडीहरुलाई तलब समेत आईसीसीले प्रदान गर्दै आएको छ । तर जिम्बाबेलाई भने नेपाल भन्दा अझ कडा सजाय दिएको हो । तुरुन्तै जिम्बाबे क्रिकेटको विवाद समाधान उन्मुख नभए झन् जिम्बाबेको टि–२० विश्वकप छनौट प्रतियोगितामा सहभागिता नहुन सक्छ।

सन् २००४ मा पनि जिम्बाबेको टेस्ट मान्यता आईसीसीले खोसेको थियो । त्यो बेला कप्तान हिथ स्ट्रिकलाई हटाउदै टेस्ट टिमका १५ खेलाडीलाई टिम बाहिर गरिएको थियो ।

यसै वर्ष मार्चमा जिम्बाबे क्रिकेट निर्देशक इनोक इकोपलाई आईसीसीको भ्रस्टाचार बिरोधि नियममा दोषी पाईएपछि १० वर्षको प्रतिबद्ध लगाईएको थियो। यस्तै जिम्बाबे क्रिकेट अफिसियल राजन नायरलाई मार्चमा म्याच फिक्सिंगको प्रयास गरेको आरोपमा २० वर्षको प्रतिबन्ध लगाएको थियो ।

Loading...