नेपालमा पनि बन्न थाले भूतको कथामा चलचित्र, आयो भूतको कथा ‘घर’

काठमाडौँ । शुक्रबार नेपाली चलचित्र ‘घर’ प्रदर्शन भएको छ। यो हरर जनराको चलचित्र हो। यो चलचित्रमा एउटा घरमा बस्ने श्रीमान्, श्रीमती र आत्माको कथा छ। यो चलचित्रलाई अर्पण थापाले निर्देशन गरेका हुन्।

यो भन्दा अगाडि अभिनेत्री ऋचा शर्मा अभिनित चलचित्र ‘सुनकेशरी’ प्रदर्शनमा आएको थियो। सुनकेशरीलाई पनि अर्पण थापाले नै निर्देशन गरेका हुन्।

‘घर’ मा नायिकाद्वय सुरक्षा पन्त र बेनिशा हमाल छन् । यस्तै अर्पण थापालाई पनि अभिनय गर्दै गरेको देख्न सकिन्छ। यो चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन्। कथाको लेखन पनि अर्पण थापाले नै गरेका हुन्।

हेर्नुहोस् ट्रेलर

Loading...