भिषण बाढीका कारण बिहार डुबानमा, १८ लाख भन्दा बढी मानिस प्रभावित

एजेन्सी । भीषण बाढीका कारण भारतको बिहार राज्य नराम्ररी प्रभावित भएको छ।

बाढीका कारण चार जनाको मृत्यु भएको छ भने १८ लाखभन्दा बढी मानिस प्रभावित भएको बिहारको आपत् प्रबन्धन विभागले बताएको छ। बिहारको सीतामढी, मुजफ्फरपुर, पूर्वी चम्पारण, अररिया, सुपौल, किशनजंग र शिवहर क्षेत्र बाढीका कारण चपेटामा परेका छन्।

नेपालमा जारी भारी वर्षा र उत्तर प्रदेशको बिरपुरमा छाडिएको बाँधका कारण बिहारमा भीषण बाढी गएको भारतीय संचार माध्यमले जनाइएका छन । भारतले निर्माण गरेको बाधले नेपाल तर्फ ठुलो जान धनको क्षति भएको छ ।

अहिलेको बाढीले भारततर्फ धेरै मानिसले कस्टकर जीवन बिताउन बाध्य भएको भारतीय संचार माध्यमहरुले बताएका छन् ।

Loading...