अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ऐन नै संशोधन गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ, २४ असार । दुई दिनदेखि बसेको मन्त्रिपरिषद बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ऐन संशोधन गर्ने निर्णय गरेको छ ।

मंगलबार बिहान सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले ऐन संशोधन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । तर, उनले ऐनका कुन कुन बुँदामा किन संशोधन गर्ने भन्नेबारे केही बताउन चाहेनन् । लामो समयदेखि थाति राखिएको उक्त विधेयक संशोधनको प्रस्ताव पारित गरेको उनले बताए ।

यस्तै बैठकले भ्रष्टाचार निवारण ऐन संसोधनको पनि निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए।

Loading...