२५ किलोको माला थाप्दै मन्त्री मण्डलले गरे कारबाही गर्ने कुरा

विराटनगर । आपूर्तिमन्त्री शिवकुमार मण्डललले नेपाल आयल निगमद्वारा जग्गा खरिद प्रकरणका भएको भनिएको अनियमितता सम्बन्धमा मन्त्रालयद्वारा अनुसन्धान भइरहेको बताउँदै दोषी ठहरिएमा कारबाही गरिने दृढता व्यक्त गरे । आइतवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री मण्डलले कारबाही गर्न आफू रहेको बताएका हुन् ।

 

 

उनले दशैँंतिहारका लागि सहज, सुलभ र सस्तो मूल्यमा आवश्यक खाद्यान्नलगायत सामग्री उपलब्ध गराउन सरकार दत्तचित भएर लागेको र मूल्य नियन्त्रण गर्न प्रभावकारी अनुगमन गरिने स्पष्ट पारे ।

 

विराटनगर आएका आपूर्तिमन्त्री मण्डललाई उनका समर्थकहरुले २५ किलोको माला लगाई स्वागत गरेका थिए । आइतबार गृहजिल्ला मोरङ पुगेका मन्त्री मण्डललाई नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताहरुले विमानस्थलमा २५ किलोको माला पहिराएर स्वागत गरेका हुन् ।

 

Loading...