अमेरिकामा २० वर्षयताकै शक्तिशाली भुकम्प ठूलो क्षति

एजेन्सी । अमेरिकामा शक्तिशाली भुकम्प जाँदा ठूलाे क्षति भएकाे छ । अमेरिकाको क्यालिफोर्नियामा केन्द्रविन्दु भएकाे ६.४ म्याग्निच्युडको भूकम्पले भएकाे क्षतिकाे विवरण एकीन भइसकेकाे छैन ।

याे भुकम्प पछिल्लाे २ दशक यताकै शक्तिशाली भुकम्प भएकाे बताइएकाे छ । क्यालिफोर्नियाको दक्षिणी क्षेत्रमा केन्द्रविन्दु भएर गएको भूकम्पले भवनहरूमा क्षति पुगेको र केही ठाउँमा आगलागी भएको अमेरिकी जिओलोजिकल सर्वे (युएसजिएस)ले जनाएको छ।

लस एन्जलसबाट उत्तर तर्फ २४० किलोमिटरको दूरीमा पर्ने रिड्गेक्रेस्ट सहर भूकम्पको केन्द्रविन्दु रहेको जनाइएको छ। पछिल्लो दुई दशक यताकै शक्तिशाली भूकम्प रहेको बीबीसीले उल्लेख गरेको छ। उद्धार तथा राहतको काम जारी रहेको अग्निनियन्त्रकहरुले बताएका छन्।

केन्द्रविन्दु रहेको सहरमा ठूलो क्षति भएको स्थानीय बासिन्दाले बताएको अमेरिकी सञ्चार माध्यमले जनाएका छन्। केही मानिस घाइते भएका छन्। तर क्षतिको पूर्ण विवरण आउन बाँकी छ।

भूकम्प फेरि पनि आउन सक्ने भएकाले सचेत रहन स्थानीय मेयरले आग्रह गरेका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पले भने स्थिति नियन्त्रणमा रहेको ट्विटमार्फत उल्लेख गरेका छन्।

Loading...