सरिता लामिछानेलाई पराजित गर्दै चलचित्र कलाकार संघमा आए खड्का

काठमाडाैं, २६ जेठ । नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा रविन्द्र खड्का निर्वाचित भएका छन्।

सरिता लामिछानेलाई ५७ मतान्तरले पराजित गर्दै उनी अध्यक्षमा विजय भएका हुन्। खड्काले २१८ लामिछानेले १६१ मत प्राप्त गरेका थिए।

उपाध्यक्षमा अभिनेत्री रेजिना उप्रेती र सानुकुमार ताम्राकार विजयी भए। रेजिनाले २४३ मत प्राप्त गर्दा उनका प्रतिद्धन्द्धि विनोदकुमार भट्टराईले ९६ मत प्राप्त गरे। त्यस्तै, ताम्राकारले १७५ र उनका प्रतिद्वन्द्वी मनोज केसीले १४२ मत प्राप्त गरे।

महासचिवमा चेतबहादुर सिंह र सचिवमा पनाह अधिकारी विजयी भए। उनीहरुले क्रमशः १८७ र १९४ मत प्राप्त गरे। यसअघि नै सुनिल कटुवाल कोषाध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए। सहकोषाध्यक्षमा पवित्रा आचार्य विजयी भइन्।

सदस्यमा शितल केसी, शारदा नेपाल, गोपाल नेपाल, जयकिशन बस्नेत, उद्धव भट्टराई, धनराज केसी, धर्मानन्द आचार्य, जीवन थापा, रोहित रुम्बा र पवनप्रसाद खतिवडा विजयी भए। निर्वाचनमा ३८७ कलाकारले मतदान गरेका थिए।

Loading...