नेपाली सेनाका बहालवाला प्रमुख सेनानीलाई बर्खास्त गरी सिधै जेल चलान

काठमाडौं । नेपाली सेनाका एक प्रमुख सेनानी भ्रष्टाचार मुद्दामा बर्खास्तीमा परेर सिधै जेल चलान गरिएका छन् ।

उदयपुरकाे कालिसिद्धी गणका प्रमुख सेनानी केशवराज कार्कीले उक्त गणमा ठूलाे रकम अनियमितता गरेकाे मुद्दा परेपछि बर्खास्तीमा परेका हुन् ।

नेपाली सेनाकाे जनरल समरी सैनिक अदालतले प्रमुख सेनानी कार्कीका विरुद्धमा परेकाे मुद्दामा उनलाई दोषी ठहर गर्दै सेवाबाट बर्खास्त गरेर ३ महिना कैद र अनियमितता भए बराबरको रकम फिर्ता गराउन शुक्रबार आदेश दिएको हो ।

आदेशलगत्तै उनलाई केन्द्रीय कारागार (जगन्नाथदेवल) चलान गरिएको स्रोतले बताएको छ । नेपाली सेनाको जंगीअड्डा स्रोतका अनुसार कालिसिद्धी गणमा रहँदा राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको रकम अनियमितता भन्दै कार्कीविरुद्व वैशाख पहिलो साता उजुरी परेको थियो ।

उजुरीपछि गठन भएको ‘कोर्ट अफ इन्क्वाइरी’ले प्रमुख सेनानी कार्कीको कैफियत देखाउँदै ‘कोर्ट मार्सल’ का लागि सिफारिस गरेको थियो । जसको आधारमा २३ वैशाखमा समरी जनरल सैनिक अदालत गठन भएको थियो ।

अदालतले कार्कीलाई थुनामा राखेर कारबाही प्रक्रिया अघि बढाएको थियो । छानविनपछि प्रधानसेनापति पूर्णचन्द्र थापालाई निष्कर्ष सुनाइएको थियो । थापाबाट अदालतको फैसला सदर भएपछि शुक्रबार आदेश सुनाइएको सैनिक स्रोतको दाबी छ ।

Loading...