खड्गी फुटसल कप शुरु

बैशाख १९ , काठमाडौँ / ११औं नायः दिवस र नेपाल खड्गी सेवा समितिको ४६औं स्थापना दिवसको उपलक्षमा खड्गी फुटसल कप काठमाडौंमा बिहिबार बाट शुरु भएको छ ।

काठमाडौं खुसिबुँमा समितिका संरक्षक मनोज नेवाः खड्गीले रेफ्रीलाई बल हस्तान्तरण गर्दै प्रतियोगीताको शुरुवात गरिएको हो ।

औपचारिक उत्घाटन कार्यक्रममा समितिका अध्यक्ष अंजिता खड्गीले सामाजिक कार्यमा यूवाहरुको सहभागीता बढाउन फुटसल कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । मनोरन्जन संगै सामाजमा जनचेतना अभिवृद्धि गर्दै जान फुटसल प्रतियोगीताका आयोजना गरिएको खड्गीले बताउनुभयो ।

कामपा १७ वडाका अध्यक्ष नवीन मानन्धरले सामाजिक संस्थाहरुले समयसापेक्ष गतिविधि संचालन गरिरहनुपर्ने बताउँदै फुटसल प्रतियोगीताको माध्यमबाट खड्गी समुदायका यूवाहरु सामाजिक कार्यमा पनि आकर्षित हुँदै जानेमा आफु आशावादी रहेको बताउनुभयो ।

विगतमा पाहांचःर्हेको दिन आयोजना गरिँदै आएको नायः दिवस यसपालिबाट समितिको स्थापना दिवसकै दिन आयोजना गर्न थालिएको हो । जात्राको अवसरमा प्राय सबैजना व्यस्त भइरहने र एसइइ परीक्षा पनि सोही समयमा हुने भएकोले नायः दिवसलाई संस्थाको स्थापना दिवसकै दिन आयोजना गर्न लागिएको समितिका अध्यक्ष खड्गीले जानकारी दिनुभयो ।

समितिका संरक्षक मनोज नेवाः खड्गीले संस्थाले विगतमा संचालन गरेका कार्यक्रम साथै गतिविधिहरुको बारे जानकारी गराउँदै यूवा पुस्तालाई वर्गीय उत्थानको लागि योगदान दिन आव्हान गर्नुभयो ।

समितिको विभिन्न वडा र क्षेत्रगत शाखा गरी ६ वटा टोलीको सहभागितामा समितिले फुटसल कपको आयोजना गरेको हो । ६ वटा समूहलाई दुइ समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’मा किर्तिपुर शाखा, बुंगमति शाखा र धनुषा रहेको छ भने भक्तपुर शाखा, १७ वडा शाखा र १९ वडा शाखा समूह ‘बी’ मा परेका छन् ।

आज लीग चरणको ६ वटा खेल सम्पन्न गर्ने कार्यक्रम रहेको छ भने आउँदो बैसाख २० गते शुक्रबारका दिन सेमिफाइनल खेलको साथै तेश्रो स्थानको खेल र फाइनल खेल पनि हुनेछ ।

Loading...