पत्रकार महर्जन गिरफ्तारी विरूद्ध धर्ना

संविधान प्रदत्त विचार, अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको हकलाई कुण्ठित गरेको निष्कर्ष सहित नेवार पत्रकार छाता संगठन नेवाः पत्रकार राष्ट्रिय दबूले बैसाख १२ गते बिहिबार माइतीघर मण्डलामा धर्ना पर्दशन गर्ने भएको छ ।

दबूको मंगलबार भएको बिषेस आकस्मिक बैठकले काठमाडौँ जिल्ला सदस्य जितेन्द्र महर्जनलाई गैरन्यायिक ढंगबाट पक्राउ गरि हिरासतमा राखेको विरूद्धमा संघर्ष अन्तर्गत दिउसो १२ बजे धर्ना कार्येक्रम गर्न लागिएको पत्रकार दबुले जानकारी दिएको छ ।

दबु अध्यक्ष श्री कृष्ण महर्जन द्वारा हस्तक्षरित सोमबार जारि गरेको बिज्ञप्तिमा पत्रकार महर्जनको पुनः पक्राउको दबूले घोर भत्र्सना र निन्दा गर्दै विज्ञप्तीमा भनिएको छ, ‘ प्रशासनबाट यस्ता किसिमका निन्दनीय व्यवहार देखिएकोमा संविधान प्रदत प्रेस स्वतन्त्रतामा प्रभावित गरेको ठहर गर्दै पत्रकार महर्जनलाई सिघ्र रिहा गर्न दबूले माग गर्दछ ।’ संघर्ष कार्यक्रममा सबै समुदायलाई ऐक्यबद्धता जनाउन सबैमा हार्दिक अनुरोध गरेको छ ।
नेपाल पत्रकार महासंघकाे तर्फबाट केन्द्रीय सदस्य जन्मदेव जैसीले सर्वाेच्च अदालतमा दायर गरेकाे रिट उपर सोमबार रिहाईकाे अादेश दिएकाे थियाे ।

यसै गरि नेवार छाता संगठन नेवाः  दे दबुका अध्यक्ष नरेश ताम्राकारले बुधबार बिज्ञप्ति निकाल्ने तैयारी रहेको ननस्टप खबरलाई बताएको छ ।

Loading...