श्रीलंका चर्च र हाेटेलमा भएकाे भयानक विस्फोटमा परी २०७ को मृत्यु

काठमाडाै । श्रीलंकामा आइतबार बिहान र दिउँसो भएको शृङ्खलाबद्ध विस्फोटमा परी ३५ विदेशीसहित २ सय ७ जनाको मृत्यु भएको छ ।

बीबीसीका अनुसार क्याथोलिक चर्च र विभिन्न होटलमा गरी कम्तीमा ८ वटा शक्तिशाली विस्फोट भएका छन् र कम्तीमा पनि ४ सय ५० जना घाइते भएका छन् । समाचारमा जनाइएअनुसार अर्को सूचना जारी नभएसम्मका लागि राष्ट्रिय कर्फ्युको घोषणा भएको छ र सामाजिक सन्जाल अल्पकालका लागि बन्द गरिएको छ ।

स्थानीय प्रहरीलाई उद्धृत गर्दै समाचारमा जनाइए अनुसार आइतबार बिहानै कोलम्बोको केन्द्रमा रहेका क्याथोलिक चर्चहरुमा र अन्य ३ सुविधा सम्पन्न होटलमा गरी कम्तीमा पनि ८ वटा शक्तिशाली विस्फोट भएका थिए।

प्रहरीले घटनामा संलग्नताको आशंकामा ७ जनालाई पक्राउ गरेको छ । तर अहिलेसम्म कसैले पनि विस्फोटको जिम्मेवारी लिएको छैन ।

Loading...