कांग्रेस गुटै गुटको घर । देउवाको समूहबाट दुर्इजना मात्रै मन्त्री

काठमाडाैं, १६ साउन । कांग्रेस सभापति शेरबहादुर देउवा पार्टीभित्र कमजोर बन्दै गएका छन्। देउवा कति कमजोर छन् भन्ने कुरा मन्त्रिपरिषद विस्तारमा उनको दयनीय अवस्थाले पुष्टि गरेको छ।

दयनीयपनकै कारण ५० दिनपछि मन्त्रिपरिषद्को विस्तार गर्दै देउवाले आफ्नो समुहका मात्रै २ जनालाई यसपटक मन्त्रिपरिषदमा समेट्न सके।

कांग्रेसमा पछिल्लो समय महारोगको रुपमा पनिपएको गुट र उपगुटले आफ्नो चाहना अनुसार प्रधानमन्त्री देउवा अघि बढ्न सकिरहेको थिएनन्।

गुट र उपगुटले ग्रस्त कांग्रेसलाई भविष्यमा पार्न सक्ने क्षतिकारबोरमा लेखाजोखा हुन थालेको छ। कांग्रेसको नेतृत्व सम्हालेयता शेरबहादुर देउवालाई धेरै कुरा हात लागेको छ भने त्यो अपजस नै हो।

Loading...