अत्याधुनिक ५ ब्रुमर्ले दैनिक ८ घण्टा सहर सफा पार्दै काठमाडौँ महानगर पालिका

      

 

काठमाडौं महानगरपालिकाले राजधानीको सडक अत्याधुनिक ब्रुमरले सफाई गर्दै धुलो मुक्त गर्ने कार्येक्रमको सुभारम्भ गरेको छ ।

गत सोमबार इटलीबाट काठमाडौँ ल्याएको पाँच वटा ब्रुमर संचालनको मंगलबार महानगरपालिका मेयर बिद्या सुन्दर शाक्यले उत्घाटन गर्नु भयो ।

४ वटा ब्रस भएको ५०० सय लिटर पानि र ४ ६८ घन मिटर धुलो भण्डारण क्षमत रहेको ब्रुमरले रत्नपार्क लगाएत पाच वटा विभिन्न रुटहरुमा राति ८ बजे बाट बिहान ४ बजेसम्म  दैनिक सडक सफा गर्ने भएको छ । मंगलबार आयोजित कार्येक्रममा महानगर पालिका मेयर बिध्यसुन्दर शाक्यले  पिच सडकमा संचालन गरिने नयाँ ब्रुमारको लागि खाल्डा खुल्दी चुनौती रहेको बताउदै सडक जथाभाबी खाल्डा खुल्डी परि लथालिंग नराखी ब्यबस्थित बनाउन सडक डिभिजन ,सडक बिभाग र मेलम्ची खानेपानी आयोजनालाइ आग्रह गरिसकेको बताउनु भयो ।

पाँच ब्रुमरमध्ये चार वटा १६ टन क्षमता बराबरका तथा अर्को एउटा छ टन क्षमताका अधिकतम प्रतिघन्टा १० कि मि सफाई क्षमत रहेको नयाँ ब्रुमर रु १० करोड ८० लाखमा ल्याएको कामपाले जनाएको छ ।

यसअघि विशिष्ट व्यक्तिको आवतजावत रहेका बेला सडक विभाग र महानगरपालिकाले आपसी समन्वय गर्दै विभागसँग रहेका दुई ब्रुमरले सडक सफा गरिँदै आएको थियो ।

Loading...