इरानलाई पराजित गर्दै नेपाल पुग्यो हिरो वुमन्स गोल्डकपको फाइनलमा

काठमाडौं । नेपाल ‘हिरो वुमन्स गोल्डकप’ फुटबलको फाइनलमा पुगेको छ । बुधबार भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले इरानमाथि शानदार जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो ।

नेपालले इरानलाई ३–० गोलअन्तरले पराजित गरेको हो । अर्को खेलमा म्यानमारले भारतलाई २–० ले हराएपछि नेपालले फाइनलमा स्थान पक्का गर्यो ।

म्यानमारसँग हारेको नेपालले भारतलाई हराएपछि फाइनलमा पुग्ने सम्भावना कायम राख्न अन्तिम खेल जित्नै पर्ने दबाव थियो ।

भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा नेपालले सुरुवाती अग्रता लियो । अनिता बस्नेतले खेलको ४१औं मिनेटमा गोल गर्दै पहिलो हाफमा नेपाललाई १–० को अग्रता दिलाए ।

खेलको ५९औं मिनेटमा सावित्रा भण्डारीले नेपालको अग्रता दोब्बर बनाइन् । निर्धारित ९० मिनेटको खेल सकिन एक मिनेट बाँकी छँदा साबित्राले दोस्रो गोल गरेपछि नेपालले शानदार जित निकाल्यो ।

Loading...