करिम बेन्जिमाले लय लिएपछि अजाक्समाथि रियल म्याड्रिको शानदार जित

काठमाडौं, २ फागुन । च्याम्पियन्स लिग फुटबलअन्तर्गत प्रिक्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब रियल म्याड्रिड विजयी बनेको छ ।

बुधबार राति भएको खेलमा साविक विजेता रियल मड्रिडले डच क्लब अजाक्सलाई २–१ गोलअन्तरले पराजित गरेको हो । रियल मड्रिडको जितमा करिम बेन्जिमा र मार्को एसेन्सियोले गोल गरे । यता, अजाक्सका लागि भने हाकिम जियचले गोल फर्काएका थिए ।

पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको रियलले दोस्रो हाफमा दुई गोल गर्दा एक गोल खाएको थियो । खेलको ६०औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।

७५औं मिनेटमा अजाक्सका लागि जियचले गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याएका थिए । तर ८७औं मिनेटमा एसेन्सियोले गोल गर्दै रियलको जित सुनिश्चित गरे ।

रियलले अब च्याम्पियन्स लिगको दोस्रो लेगमा अजाक्ससँग आफ्नै घरेलु मैदानमा खेल्नेछ ।

Loading...