कर्णालीमा अत्यधिक हिमपात, हवाई उडान पूर्णत: प्रभावित

सुर्खेत, २४ माघ। गएरातीदेखि परेको अत्यधिक हिमपातका कारण कर्णाली प्रदेश भित्रिने र बाहिरीने हवाई सेवा पूर्ण रुपमा प्रभावित बनेको छ । प्रदेशको राजधानी सुर्खेत विमानस्थलबाट हुने उडान प्रभावित बनेको सुर्खेत नागरिक उड्डयन कार्यालय सुर्खेतका प्रमुख विनोदकुमार पन्तले जानकारी दिएका छन् ।

‘मौसम खरावीका कारणले अहिले सम्म सुर्खेतबाट कतै पनि उडान गर्न सकिएको छैन ।’ उनले भने ,‘सम्भवत मौसममा सुधार नभएसम्म उडान गर्न नसकिने अवस्था देखिन्छ । यहाँ मात्रै नभएर नेपालगञ्जबाट हुने उडान समेत प्रभावित बनेको छ।’

सुर्खेत र नेपालगञ्जबाट हुने दैनिक उडान प्रभावित बनेको उनले बताए । कर्णालीको राजधानी सुर्खेत र नेपालगञ्बाट कर्णालीको हुम्ला, डोल्पा लगायतका जिल्लामा हवाई सेवा प्रभावित बनेको हो ।

Loading...