टेक्निकल नकआउट जितमा शनिल शाहीको अग्रता

काठमाडौं । वीर गणेशमान राष्ट्रिय बक्सिङ पहिलो प्रतियोगिता अन्तर्गत प्रदेश न ३ का अनिल शाही पुरुष ६० केजी तौल समूहमा पहिलो राउण्ड पार गरेका छन् ।

टेक्निकल नकआउट चरणमा शाहीले प्रदेश ६ का सागर श्रेष्ठलाई पहिलो राउण्डमै पराजित गरेर जित हासिल गरेको हुन । मंगलबारबाट काठमाडौँ हनुमानढोका गद्दी बैठक अगाडि भएको पहिलो प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका सुशिल थापा र नेपाल पुलिस क्लबका दिवान शर्माले क्वार्टरफाइनलमा स्थान बनाएका छन् ।

पुरुष ४९ केजी तौलसमूहमा त्रिभुवन आर्मी क्लबका सुशील थापाले प्रदेश ४ का सुरज गुरुङलाई पराजित गरे । नेपाल पुलिस क्लबकी दिवान शर्माले प्रदेश ४ कै आकृति गुरुङलाई पराजित गरेकी हुन् । खेलको पहोलो दिन विजेता सबै खेलाडीले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेका छन् ।

प्रतियोगिताको सुरुवाती खेलमा पुरुष ४९ केजी तैलसमूहमा प्रदेश २ का पवन श्रेष्ठले प्रदेश १ का धर्मेन्द्र राईलाई पराजित गरे । त्यस्तै पुरुष ५६ केजी तौल समूहमा प्रदेश १ का सुरेन्द्र राईले प्रदेश ४ का दुथबहादुर परियारलाई पहिलो राउण्डमा पराजित गरे ।

महिलातर्फ ४६ देखि ४८ केजी तौल समूहमा प्रदेश ५ की सुशिला थापाले प्रदेश २ की सपना गुरुङलाई हराइन् । पुरुष ६० केजी तौल समूहमा प्रदेश ८ का भरत चन्दले जित हासिल गरे । भरतले प्रदेश १ का रोविन प्रधानलाई पराजित गरेका हुन् ।

पछिल्लो अन्तिम खेलमा पुरुष ६४ केजीतर्फ प्रदेश २ का किशोर शर्माले प्रदेश ७ का विक्रम चौधरीलाई हराए ।

गणेशमान सिंह फाउन्डेसनका अध्यक्ष प्रकाशमान सिंहले खेल प्रतियोगिताको उद्घाटन समारोहमा बक्सिङका पूर्वखेलाडी एवं प्रशिक्षक सुरेश आलेमगर १ लाख १ हजार नगदसहित प्रशंसा पत्रसहित सम्मान गरेका थिए । प्रतियोगिता आइतबारसम्म चल्ने जानकारी आयोजकले दिएको छ ।

Loading...