के माेवार्इलमा भाइरस लागेर हैरान हुनुहुन्छ ? समाधानका यी पाँच उपाय

एन्ड्रोइड अपरेटिङ सिस्टम (ओएस) भएको स्मार्टफोन प्रयोग गर्नेको संख्या बढ्दो छ । तर, यस्तो फोनमा भाइरसले कुनै न कुनै तरिकाले आक्रमण गर्न सक्छ । भाइरसले स्मार्टफोनको डाटा नै बिगारिदिन सक्छ । त्यसैले, यस्ता भाइरसलाई हटाउनैपर्छ । तर, कसरी ? कम्प्युटर टेक्निसियन युवराज भट्टराईले टिप्स दिएका छन् :

स्टेप १ : सेफ मोड रिबुट

पहिले आफ्नो स्मार्टफोन सेफ मोडमा रिबुट गर्नुहोस् । यो काम गर्दा एप्ससँगै सक्रिय भाइरस तत्काल हट्छ । यदि तपाईंको स्मार्टफोनमा सेफ मोड रिबुटको अप्सन देखिएन भने पावर बटन केही बेर दबाउनुहोस्, रिबुटको अप्सन आउँछ । अब, अप्सनलाई सेलेक्ट गरेर मोबाइल रिबुट गर्नुहोस् ।

स्टेप २ : डिभाइस सेटिङ

स्मार्टफोन रिस्टार्ट भएपछि सबैभन्दा पहिले डिभाइस सेटिङमा गएर एप्स अप्सन ओपन गर्नुहोस् । यहाँ सबै एप्स देखिन्छन्, जुन तपाईंको स्मार्टफोनमा इन्स्टल भएका छन् । यो समय कुनै पनि एप्स रनिङ मोडमा हुँदैन । यहाँ भाइरस रन भएको छ भने पनि देखिन्छ ।

स्टेप ३ : मलिसस एप्स अनइन्स्टल

यो लिस्टमा जब कुनै भाइरस पत्ता लाग्यो भने तत्काल अनइन्स्टल गर्नुहोस् । अनइन्स्टलमा क्लिक गरेर रिमुभ गरिदिनुहोस् । त्यसो त कहिलेकाहीँ भाइरस अनइन्स्टल गर्ने अप्सन पनि नहुन सक्छ । यो अवस्थामा डिभाइस एडमिनिस्ट्रेटर सेटिङमा जानुपर्छ ।

स्टेप ४ : डिभाइस एडमिनिस्ट्रेटर

डिभाइस एडमिनिस्ट्रेटर सेटिङमा जानुहोस्, जहाँ इन्स्टल भएका एप्सका पूरै लिस्ट देखिन्छ । यीमध्ये जुन एप तपाईंलाई काम लाग्दैन, त्यसलाई अनइन्स्टल गरिदिनुहोस् । यसका लागि स्क्रिनमा देखिएको विन्डोमा डिएक्टिभेटको अप्सन सेलेक्ट गर्नुहोस् ।

स्टेप ५ : नर्मल मोडमा रिस्टार्ट

अनावश्यक एप हटाइदिएपछि एकपटक फेरि नर्मल मोडमा रिस्टार्ट गर्नुहोस् । यसो गर्दा तपाईंको डिभाइस सेफ मोडबाट बाहिर आउ“छ भने भाइरस पनि हट्छ ।

Loading...