१८ बर्षदेखि लाउडा काण्डको पौने २ अर्ब बेरुजु अझै सल्टिएन

काठमाडाै‌‌ । मुलुकको हवाई इतिहासमै लाउडा प्रकरणले लामो समयसम्म चर्चा पायो । नेपाल वायु सेवा निगमका तत्कालिन उच्च अधिकारीसहित पर्यटनमन्त्री समेत र प्रधानमन्त्री समेत मुछिएको यो प्रकरणले झन्डै २ महिना संसद अवरुद्ध पनि भयो ।

तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको राजनीतिक इतिहासमै कालो धब्बा लगाउने यो प्रकरणले पर्यटनमन्त्री तारणीदत्त चटौतको राजनीति पनि झन्डै समाप्त पार्यो ।

अदालतको फैसललाले कोइरालालाई निर्दोष सावित गरे पनि लाउडाको अध्याय भने अझै समाप्त भएको छैन । कारण लाउडा एयरलाई भुक्तानी गरिएको झन्डै पौने दुई अर्ब रुपैयाँ ।

निगमले लाउडा एयरलाई भुक्तान गरेको १ अर्ब ७९ करोड रुपैयाँ अझै बेरुजु छ । १८ बर्षअघि भएको यो भुक्तानीको बेरुजु फछर्योट नहुँदा निगम अलमलमा छ ।

Loading...