राप्ती समाज जापानको अध्यक्षमा बिशेश्वर रेग्मी निर्बिरोध निर्बाचित

राप्ती समाज जापानको टोक्योमा सम्पन्न प्रथम अधिबेशनले रुकुमका विश्वेश्वर रेग्मीको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जुलाई २३ तारिखमा भएको अधिवेशनले पदमप्रसाद भट्टराइको अध्यक्षमा ५ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । अधिवेशन को अध्यक्षता विशेश्वर रेग्मी र कार्यक्रमको संचालन अशोक पुरीले गर्नु भयको थियो।

अधिवेशनले उपाध्यक्षत्रयमा राजन केसी, रवि पुन र विकास ओलीलाई चयन गरेको छ । त्यसैगरी महासचिवमा अशोक पुरी, सचिवमा शरद पोख्रेल, कोषाध्यक्षमा युवराज रेग्मी, सहकोषाध्यक्षमा ज्ञानकुमारी घर्ती र प्रवक्तामा नारायणप्रसाद गैरे चुनिएका छन् । सदस्यहरुमा मनराज विश्वकर्मा, राजेन्द्र केसी, केशव भण्डारी, तुल्सी बाँठामगर, पञ्चवीर चौधरी, शिवराज भट्टराई, सागर पुन, हरिलाल पुन, प्रकाश वली, ठगेन्द्रप्रकाश वली, रुपान्तर घर्ती, प्रेमप्रकाश रोकामगर, बसन्ती घर्तीमगर, रुपलाल मगर, भीम बुढाथोकी, टेकेन्द्रक्रिम शाह चयन भएका छन् । २ जना सदस्य पछि थप गरिने महासचिव अशोक पुरी ले जानकारी दिनुभो । यसै गरी सल्लाहकारमा डा. नेत्र प्रकास भण्डारी, अर्जुन केसी, एकता केसी, आकाश प्रधान हुनुहुन्छ।

अधिवेशनमा २०१३ देखि हालसम्म गरिएका कार्यक्रमको समीक्षा गरिएको थियो । त्यस अवसरमा कार्यपत्र र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो भने विधान लाई सर्वसम्मत पारित गरिएको थियो । अधिवेशनले आगामी कार्यक्रमको तर्जुमा गर्दै राप्तीबासी र समग्र राप्तीको विकासका लागि केन्द्रित रहने कुरामा जोड दिइएको छ । जापानमा छरिएर रहेका सम्पूर्ण राप्तीबासीहरू एक जुट भई राप्तीको विकासमा जोड दिने सबैको प्रतिबद्धता रहेको थियो । अधिवेशनले नेपालका अल्ट्राधावक तथा पर्वतारोही सञ्जय पण्डितको निधनप्रति श्रद्धान्जली पनि व्यक्त गरेको छ ।

Loading...