किन हटाइए केशव स्थापित प्रदेश मन्त्रीबाट ? यस्तो छ संवैधानिक व्यवस्था

काठमाडौँ, १६ कार्तिक । राजनीतिमा पद र शक्ति कति राेचक र घृणित हुन्छन भन्ने कुरा बेलाबेलामा देखिने घटनाक्रमबाट मानिसहरु अनुभूत गर्छन । प्रदेश ३ का भाैतिक पूर्वाधार तथा विकास मन्त्री केशव स्थापितकाे बर्खास्ती पनि त्यस्तै हुन पुगेकाे छ ।

प्रदेश नम्बर ३ का भौतिक पूर्वाधार तथा विकास मन्त्री केशव स्थापित पदबाट हटाइएपछि उनी फेरि चर्चामा अाएका छन् । उनलार्इ उक्त प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले दुर्इ दिनकाे कसरत गरेर पदबाट हटाएकाे बताइन्छ । यी दुबै जना एउटै पार्टीका नेता हुन् । दुबै जना साे पार्टीका अध्यक्ष तथा हालका प्रधानमन्त्री केपी शर्मा अाेलीकाे विश्वास पात्र भइकाे बताइन्छ । तर, बीचैमा के कारणले यसरी दुर्इ जनाबीच एकले अर्काेलार्इ सिध्याउने तहकाे हिसाबकिताब भयाे त ? सुनेर सुनि साध्य छैन यी दुर्इ बीचकाे मनमुटावकाे कुरा ।

दुबै जना पुरानै नेता भए पनि राजनीतिक जिम्मेवारीमा खासै कुनै उल्लेख्य भूमिका खेल्न नसकेेका व्यक्तिका रुपमा चिनिन्छन । दुबै जना कुनै समय नगरपालिकाका मेयर भइसकेका व्यक्ति हुन । काठमाडाैं महानगरपालिकाकाे मेयर हुँदा स्थापितले निकै चर्चा कमाए पनि कामकाजमा भने त्यस्तै कुनै उल्लेख्य उपलब्धि देखाएनन । त्यसैगरी हेटाैडा नगरपालिकाका पूर्व मेयर भएर नगरपालिका संघका केन्द्रीय अध्यक्ष भइसकेका मुख्यमन्त्री डाेरमणी पाैडेलले पनि खासै कुनै उल्लेख्य काम गरेनन् । तत्कालीन नेकपा (एमाले)बाट मन्त्री बनेका दुबै जनाभन्दा राजनीतिमा धेरै काम गरेका र सिनियर नेताहरु हुँदा हुँदै पनि त्यतिबेला केपी शर्मा अाेलीले जवरजस्त पेलेर पाैडेललार्इ मुख्यमन्त्री बनाए भने स्थापितलार्इ भाैतिक पूर्वाधार तथा विकास मन्त्री बनाए । त्यतिबेला पार्टीभित्र अाेलीकाे चर्काे अालाेचना भएकाे पनि थियाे । अहिले अाएर यसरी एउटै पार्टीबाट मन्त्री बनेका दुर्इ जनाबीच सँगै बस्ने वातावरण नै बनेकाे छैन ।

स्राेतका अनुसार यी दुबै जना प्रदेशकाे मन्त्रीपरिषदमा प्राय मनमुटाव गर्दथे । घाेचपेच चलिरहन्थ्याे । अन्तिममा उनीहरुबीच हातहालाहाल हुने स्थिति नै अायाे । जुन घटनालार्इ लिएर स्थापितलार्इ विस्थापित गरेकाे चर्चा छ त्याे दिन मन्त्री स्थापितले मुख्यमन्त्री पाैडेललार्इ गर्नु गाली गरेकाे बताइन्छ । स्राेतका अनुसार साे बैठकमा मन्त्री स्थापितले मुख्यमन्त्री पाैडेललार्इ नेपाली शब्दकाेषमा पाइने र नेपाली समाजमा प्रयाेग हुने जतिका गालीका शब्दहरु बर्साएका थिए । त्यसरी पाँडे गाली गरेपछि मुख्यमन्त्री भएका पाैडेललार्इ पनि सहिनसक्नुभयाे । त्याे बेला उनले पनि दिनसक्ने जति जवाफ दिए तर गाली त के बाेल्नेमा पनि स्थापित जति नसकेपछि उनी लागे उनलार्इ मन्त्रीबाट हटाउन । उनले पार्टीका मुख्य नेेताहरुलार्इ कि स्थापित हुन्न कि म हुन्न भनेर नेताहरु समक्ष भने । साेही विषयमा कुरा गर्न उनी हेटाैडाबाट काठमाडाै अाए । काठमाडाै अाएर उनले बिरामी भएर अस्पतालकाे बेडमा रहेका पार्टी अध्यक्ष तथा प्रधानमन्त्री अाेलीलार्इ भेटे । उनले भएका जति सबै कहानी सुनाए । लगाउन मिल्ने जति कुरा उनले लगाएर प्रम समक्ष याे पनि भने यदि स्थापितकाे मन्त्री पद निरन्तर हुन्छ भने म लगायतका साथीहरुकाे राजिनामा स्वीकार गर्नुहाेस् ।

अन्तत: मुख्यमन्त्री पौडेलले प्रम अाेलीबाट अनुमति पाए । उनले संविधानको धारा १६९ को उपाधारा २ को खण्ड ख अनुसार स्थापितलाई मन्त्रीपदबाट विस्थापित गरिदिए । साथै उनले पाएकाे मन्त्रालयकाे जिम्मेवारी अाफैले लिए । दाेस्राे संविधान सभाबाट २०७२ साल असाेज ३ गते बनेकाे नेपालकाे संविधान २०७२काे धारा १६९ मा यस्ताे व्यवस्था गरिएकाे छ ।
१६९. मुख्यमन्त्री तथा मन्त्रीको पद रिक्त हुने अवस्था:
(२) देहायको कुनै अवस्थामा मन्त्रीको पद रिक्त हुनेछ ः–
(क) निजले मुख्यमन्त्री समक्ष लिखित राजीनामा दिएमा,
(ख) मुख्यमन्त्रीले निजलाई पदमुक्त गरेमा,
(ग) उपधारा (१) को खण्ड (क), (ख) वा (ग) बमोजिम
मुख्यमन्त्रीको पद रिक्त भएमा,
(घ) निजको मृत्यु भएमा ।
(३) उपधारा (१) बमोजिम मुख्यमन्त्रीको पद रिक्त भए तापनि अर्को
प्रदेश मन्त्रिपरिषद गठन नभएसम्म सोही मन्त्रिपरिषदले कार्य सञ्चालन
गर्नेछ । तर मुख्यमन्त्रीको मृत्यु भएमा अर्काे मुख्यमन्त्री नियुक्ति नभएसम्मका
लागि वरिष्ठतम मन्त्रीले मुख्यमन्त्रीको रूपमा कार्य सञ्चालन गर्नेछ ।

बर्खास्तीमा परेका मन्त्री स्थापित र मुख्यमन्त्रीबीच बुधबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकमा चर्काचर्की भएको थियो । मन्त्रिपरिषद्को बैठकमै मुख्यमन्त्री डोरमणि पौडेलमाथि अपशब्द प्रयोग गरेर गाली गरेको आरोप स्थापितमाथि लागेको थियो । बैठकका क्रममा प्रदेशको भौतिक विकासको जिम्मेवारी सम्हालेका मन्त्री स्थापित र उनको मन्त्रालयको सुस्त गतिलाई बढाउन मुख्यमन्त्रीले भनेपछि विवाद सुरु भएको बताइएकाे छ ।

जनतासँग प्रत्यक्ष जोडिने भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको गति सुस्त भएको र मन्त्री स्थापितको पनि कार्यशैली ठीक नभएको कुरा मुख्यमन्त्रीले बताएपछि उनी बैठकमै आक्रोशित भएका थिए ।

बैठकको अन्तिममा मुख्यमन्त्रीले मन्त्री स्थापितको कार्यशैली र उनको मन्त्रालयको गति सुस्त हुँदा कार्यप्रगति शून्य रहेको टिप्पणी गरेपछि सुरु भएको विवाद गालीगलौजसम्म पुगेको स्रोतको दाबी छ ।

मुख्यमन्त्रीको सचिवालयका एक सदस्यका अनुसार मन्त्री स्थापित मन्त्रिपरिषद् बैठकमै नेपाली भाषामा प्रयोग हुने सबै किसिमका गाली प्रयोग गरेका थिए । त्यसपछि उनलाई मन्त्रिपरिषद्बाट हटाउन मुख्यमन्त्री पौडेल र अर्का मन्त्री कैलाश ढुंगेल प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग परामर्शका लागि राजधानी आएका थिए ।

स्थापितलाई नहटाए आफूले काम गर्न नसक्ने भनाइ पौडेलले प्रधानमन्त्रीसँग शिक्षण अस्पतालमै पुगेर राखेका थिए ।

Loading...