बैंकिङ कसुर गरेको आरोप लागेपछि पाँच वर्षदेखि फरार किस्ट बैंकका सीर्इओ कमल ज्ञवाली भारतमा गिरफ्तार

काठमाडौं, १९ असोज । बैंकिङ कसुरमा अदालतले दोषी ठहर गरेपछि फरार तत्कालीन किष्ट बैंकका प्रबन्ध-सञ्चालक कमलप्रसाद ज्ञवाली पक्राउ परेका छन्। साढे १२ करोड रुपैयाँ कर्जा अपचलन गरेको मुद्दामा दोषी ठहर भएका ज्ञवाली दुई वर्षपछि पक्राउ परेका हुन्।

कञ्चनपुरको महेन्द्रनगरमा लुकेर बसेको अवस्थामा उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले दाबी गरेकाे छ। ‘उनलाई महेन्द्रनगरबाट पक्राउ गरेका छाैं, अाज उच्च उदालत पाटनमा हाजिर गराउने छाैं,’ महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिंहले बताए । स्राेतका अनुसार ज्ञवाली भारतमा पक्राउ परेका हुन्।

जम्को प्रकाशनका नाममा सिद्धार्थ डेभलपमेन्ट बैंकबाट १२ करोड ५० लाख रुपैयाँ ऋण लिई कर्जा अपचलन गरेको मुद्दामा २०७३ असोज ४ गते तत्कालीन पुनरावेदन(अहिले उच्च)अदालत पाटनले ज्ञवाली र उनकी श्रीमती गौरी खनाल ज्ञवालीसमेतलाई दोषी ठहर गर्दै ३/३ वर्ष जेल सजाय र जनही ६ करोड २५ लाख रुपैयाँ बिगो जरिवानाको फैसला सुनाएको थियो।

त्यसपछि ज्ञवाली फरार भएका थिए। ज्ञवालीविरुद्ध नेपाल प्रहरीले इन्टरपोलमा रेड नोटिस जारी थियो। ज्ञवालीलाई पक्राउ गर्न प्रहरी निरीक्षक अनिल घिमिरे र सई रमन पण्डितको टोली भारत गएको थियो। घिमिरेकाे टाेलीले ज्ञवालीलार्इ स्थलमार्ग हुँदै काठमाडाैं ल्याउदै छ।

Loading...