गुण्डा नाइके दावा लामा पक्राउ परेपछि तरुण दलले यस्तो विज्ञप्ति

काठमाडौं ।

गुण्डा नाइके दावा लामा पक्राउ परेपछि नेपाल काँग्रेसभित्र रुवाबासी चलेको छ । दिल्ली प्रहरीद्वारा पक्राउ परेका लामा नेपाली कांग्रेसका सक्रिय कार्यकर्ता हुन ।

भारतको नयाँ दिल्लीस्थित इन्दिरागान्धी विमानस्थलबाट पक्राउ परेका लामा नक्कली भारतीय नोट र सट्टेबाजी धन्दामा लागेको अभियोगमा नेपाल प्रहरीको समेत खोजी सुचीमा थिए । पछिल्लो समय सिक्किममा बसेर त्यहाँका जुवाडेहरुलाई लगानी गर्दै आएका उनी केही दिनअघि दुबई घुम्न गएका थिए ।

उनलाई पक्राउ गरेको विषयमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले विज्ञप्ति निकालेर बिरोध जनाएको छ । लामा नेपाली कांग्रेसको भातृ संगठन तरुण दलको काभ्रे जिल्ला अध्यक्ष हुन्।  तरुण दलका काभ्रे जिल्ला कार्यबाहक अध्यक्ष उत्तम चापागाईंले उनलाई रिहाईको काम गर्दै विज्ञप्ति निकालेका हुन् ।

तरुण दलले लामा दुबई घुमेर नेपाल फर्कने क्रममा इन्दिरा गान्धी विमानस्थलमा पक्राउ परेको र सो कुरा सँगै रहेको तस्विर लामाले जानकारी दिएको भन्दै उक्त धरपकडप्रति तरुण दलले ध्यानाकर्षण रहेको जनाएको छ । विज्ञप्तिमा उनलाई विनासर्त रिहाई गर्न समेत माग गरिएको छ ।

उनलाई दिल्ली प्रहरीले किन पक्राउ गरेको भन्ने अहिलेसम्म नेपाल प्रहरीले आधिकारिक रुपमा जानकारी पाएको छैन । २०७३ चैत्र २९ गते काठमाडौंको गौरीघाटमा दावालाई लोप्साङ लामाले गोली प्रहार गरेका थिए । गुण्डा नाइके समिरमान सिंह बस्नेत समुहका लोब्साङ लामा अहिलेसम्म फरार रहेको बताइन्छ ।

२०६७ सालदेखि दावा पटक पटक जेल पर्दै राजनीतिक पहुँचकै आधारमा छुट्दै आएका छन् । उनी काभ्रेली समुह अन्तर्गत गणेश लामाका नजिकका गुण्डा नाइके हुन् ।

उनले पछिल्लो समय आफ्नै समुह खडा गरेर अपहरण, लागु औषध, तथा चन्दा अशुली धन्दा चलाउँदै आएका छन् । उनीमाथि ललितपुरका ३४ वर्षीय राजन श्रेष्ठलाई एक वर्षअघि खुकुरी प्रहार गरेको मुद्दा समेत छ । उनले राजधानीका एक व्यापारीबाट पटक पटक गरी ४० लाख रुपैयाँ अशूल गरेको अभियोग समेत छ ।

Loading...