नेकपा झापाका इन्चार्ज-सेक्रेटरीसहित १० जना नेता गिरफ्तारपछि बेपत्ता, प्रहरीले कहाँ पुर्‍यायो ?

झापा ।

नेपाल कम्युनिस्ट पार्टीका झापा जिल्ला ईन्चार्ज सौगात र  सेक्रेटरी सुमनसिंह पाैडर्लसहित १० जना नेताकार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेर बेपत्ता पारेको छ । उनीहरूलार्इ प्रहरीले बुधबार झापाबाट गिरफ्तार गरेको नेकपा मेची ब्युरोले जनाएको छ ।

पक्राउ पर्नेहरुमा जिल्ला सेक्रेटरी सुमनसिंह पौडेलईन्चार्ज सौगात र सेक्रेटरी सुमनसिंहसहित, ब्युरो सदस्य प्रशान्त थापा, झापा जिल्ला सदस्यहरु सजय राई, बुभाष राई, चमनलाल माझी, चेसीभाई लिम्बु, भीम लिम्बु, चित्र विक, सुरेन्द्र मिश्र र इलाम जिल्ला सदस्य महोन बराल रहेका छन् ।

नेकपाका केन्द्रीय सदस्य तथा मेची ब्युरो इन्चार्ज सुमन लिम्बुले आफ्ना कार्यकर्तालाई बिनाकरण गिरफ्तारी गरेको र कहाँ राखिरहेको छ भन्ने विषयमा जानकारी समेत नदिएको भन्दै सरकारको उक्त कदमको निन्दा गरे। उनले गिरफ्तारीमा परेका नेताकार्यकर्तालाई तत्काल रिहाइ नगरे संघर्षमा जान बाध्य हुने चेतावनी पनि दिएका छन् ।

पछिल्लो समय नेकपाका नेता तथा कार्यकर्तालाई प्रहरीले बिना कारण धरपकड बढाएको छ । प्रहरीले नेकपाका प्रवक्ता प्रकाण्डसहित १० जना केन्द्रीय सदस्य पक्राउ गरिसकेको छ । देशै भरीबाट दुईसय बढी नेता तथा कार्यकर्तालाई पक्राउ गरिसकेको छ ।

२०७५ भदौ १४ मा प्रकाशित ।

Loading...