मध्यरातमा ग्याङ फाइट, घरेलु हात हतियारले काटाकाट, ३ महिलासहित ११ गम्भीर घाइते

काठमाडौँ । 

महोत्तरीमा सामान्य विवादमै ग्याङ्ग फाइट भएको छ । ग्याङ्ग फाइटमा परी १३ जना गम्भीर घाईते भएका छन्। जिल्लाको जलेश्वर नगरपालिका वडा नम्बर ९ स्थित आगेपुरको बाटोमा पानी बगाएको भन्दै दुई समूहबीच ग्याङ्ग फाईट हुँदा ३ जना महिलासहित ११ जना घाइते भएका हुन्।

सामूहिकरुपमा हानाहान हुँदा गम्भीर घाइते हुनेमा जलेश्वर-९ आगेपुर बस्ने २६ वर्षीया नगिना खातुन, १६ वर्षीया अप्सना खातुन, ४० वर्षीया रसिदा खातुन रहेका छन्। 

त्यस्तै ३० वर्षीय साजिर कवारी, ५१ वर्षीय जैनुल कवारी, ११ वर्षीय सजिबुल राईन, २० वर्षीय महमुद राईन, ४० वर्षीय मुनिफ राईन, ४५ वर्षीय अजिम राईन, ५५ वर्षीय हलिम राईन र ४९ वर्षीय मुकिम राईन रहेको महोत्तरी, प्रहरीले जनाएको छ।

सो घटना राति करिव साढे १० तिर भएको प्रहरीले बताएको छ। विवादपछि भएको उक्त ग्याङ फाईट घरेलु हात हतियारसहित भएको जसका कारण घटनामा उनीहरुको हात खुटा टाउको र शरीरका विभिन्न अंगहरुमा घाउ चोटपटक लागेको छ।

सामूहिक हिंसात्मक हानाहानमा गम्भीर घाइते सबैको अञ्चल अस्पताल जनकपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Loading...