प्राधिकरणका सिइओ पदबाट हटाइए

काठमाडौं, २५ असार । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिईओ) युवराज भुसाललाई प्राधिकरणले आइतबार औपचारिक विदाई गर्ने भएको छ ।

आज दिउँसो १ बजे एक कार्यक्रम गरेर सिइओ भुसाललाई विदाइ गर्न लागेको प्राधिकरणका सूचना अधिकारी मनोहर घिमिरेले जानकारी दिए । निर्वाचन आचारसंहिता लागू भएपछिका नियुक्ति खारेज गर्ने मन्त्रिपरिषद्को निर्णयसँगै

सिईओ भुसाल पनि जिम्मेवारीमुक्त भएका थिए । यो निर्णयपछि सबैलाई असार २० गतेबाट लागू हुने गरी पत्र पठाइएको थियो । भुसाल गत वर्षको कार्तिक ६ गते प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएका थिए ।

तीन वर्षयता प्राधिकरणको नेतृत्व चार पटक फेरिएको छ ।

त्यसैगरी सरकारले गाेरखापत्र संस्थानका महाप्रवन्धकलार्इ पदबाट हटाएकाे छ । संस्थानका महाप्रवन्धक वसन्तप्रकाश उपाध्यायलार्इ पदबाट हटाइएपछि नेपाल प्रेस युनियनले विराेध जनाएकाे छ । केपी ओली नेतृत्वको सरकारले तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारले विभिन्न संचार संस्थामा नियुक्त गरेकाहरुलाई हटाएको भन्दै युनियनले विरोध गरेको हाे ।

युनियनका महासचिव अजयबाबु सिवाकोटीले एक विज्ञप्ति जारी गर्दै तत्काल हटाउने निर्णय निर्णय फिर्ता लिइ पूर्ववत रुपमा काममा फर्काउन सरकारसँग माग गरेका छन् ।

ओली सरकारको निर्णयअनुसार गोरखापत्र संस्थानका महाप्रवन्धक वसन्तप्रकाश उपाध्याय, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुली, सदस्यहरु विमला भण्डारी र गोविन्द कोइराला, नेपाल टेलिभिजन संचालक समिति सदस्यका रुपमा ट्रेड युनियनका प्रतिनिधि गोविन्द धिताल, राष्ट्रिय समाचार समितिमा कर्मचारी प्रतिनिधिका रुपमा संचालक समिति सदस्य एकराज पाठक सहित अन्य संचार सम्वद्ध संस्थामा काम गर्दै आएकाहरुको पद गएको छ ।

युनियनले कार्यकाल पूरा नहुँदै हटाइएका सबैलाई कानुनी चुनौती दिन समेत आह्वान गरेको छ ।

Loading...