ब्राजिलसहित ६ देशको आज भिड्दै, यस्तो छ समय तालिका

काठमाडौं । 

रुसमा जारी विश्वकपमा समुह चरणका दोश्रो खेलहरु खेल्ने क्रम जारी छ । यसै क्रममा आज शुक्रबार महत्वपूर्ण ३ खेलहरु हुँदैछन् । 

आजको खेलमा पहिलो खेल ब्राजिल र कोस्टारिका बीच सेन्ट पेटर्सबर्ग स्टेडियममा हुँदैछ । उक्त खेल आज साँझ ५:४५ बजे हुँदैछ । यस अघिको खेलमा ब्राजिललाई स्विजरल्याण्डले १-१ गोलको बराबरीमा रोकेको थियो ।

त्यस्तै आजको दोश्रो खेल बेलुका ८:४५ बजे नाईजेरिया र आइसल्याण्डबीच हुँदैछ । ग्रुप डी अन्तर्गत हुने यो खेललाई अर्जेन्टिनाको भाग्यको रुपमा हेरिएको छ । खेलमा आइसल्याण्ड बराबरीमा रोकिए वा नाइजेरिया बिजयी भए अर्जेन्टिनालाई विश्वकपको नकआउट चरणमा जाने बाटो सम्भावनानै रहनेछ ।

यस अघि अर्जेन्टिना र आइसल्याण्डबीच बराबरीको खेल भएर समान १-१ अंक बाडेका थिए । बिहिबार अर्जेन्टिनालाई क्रोयसियाले ३-० ले पराजित गरेपछि अर्जेन्टिना कम्जोर स्थितिमा देखिएको छ ।

त्यस्तै आजको अन्तिम खेल सेर्विया र स्विजरल्याण्डबीच हुँदै छ । समुह ईमा रहेको सर्वियाले यस अघिको खेलमा कोस्टारिकालाई ०-१ गोल अन्तरले पराजित गरेको थियो भने ब्राजिललाई स्विजरल्याण्डले बलियो टिम ब्राजिललाई १-१ गोलमे रोकेर अंक बाडेको थियो ।

२०७५ असार ८ मा प्रकाशित ।

Loading...