क्युवाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोको निधन

काठमाडौँ, ११ मंसिर । क्युबाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोको निधन भएको छ । त्यहाँको सरकारी टेलिभिजनले मृत्यु भएको खवर सार्वजनिक गरेको छ । उनी सानैदेखि सहयोगी, मिलनसार र चतुर स्वभावका थिए । अधिवक्ता समेत रहेका उनी पौडी खेलका सौखिन हुन् । क्यास्ट्रो १३ अगस्ट १९२६ मा सम्पन्न परिवारमा जन्मेका थिए । क्युवाको राजनीतिका बहुप्रतिष्ठित व्यक्तित्व तथा पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोको शुक्रबार राति निधन भएको हाे ।

पूर्व राष्ट्रपति क्यास्ट्रोका भाई तथा वर्तमान् राष्ट्रपति राहुल क्यास्ट्रोले क्युवाको राष्ट्रिय टेलिभिजनमार्फत पूर्व राष्ट्रपतिको निधन भएको खवर शनिबार सार्वजनिक गर्दै भने,‘क्युवाको क्रान्तिका सर्वोच्च कमाण्डर तथा पूर्व राष्ट्रपति क्यास्ट्रोको शुक्रबार राती ११ बजेर २९ मिनेटमा निधन भएको छ ।’ ९० वर्षका क्यास्ट्रोले ५० वर्ष क्युवामा शासन गरेका थिए भने स्वास्थ्यमा समस्या देखिएपछि उनले सन् २००८ देखि त्यहाँको शासनसत्ता आफ्नो भाईलाई हस्तान्तरण गरेका थिए ।

अनुशासन र लगनशीलताका निकै धनी रहेका क्यास्ट्रो पढाइमा मध्यम खालको भएतापनि उनले हवाना विश्व विद्यायबाट कानुनमा स्नातक गरेका थिए । फिडेल बाल्यकालदेखि नै समाजका भएका र देखिएका अन्याय र भेदभाव आदिलाई नजिकबाट नियाल्ने गर्दथे । खासगरी, उनले बाल्यकालदेखि नै गरिब र पिछडिएका वर्गप्रति निकै सहानुभूति राख्दथे । क्याष्ट्रोले क्युवामा १९५९ मा सशस्त्र क्रान्तिमार्फत साम्यवादी व्यवस्थाको स्थापना गर्ने अभियानमा डटेर लागेका थिए ।

वामपन्थी विचारधारबाट प्रभावित भएका उनले पढ्दापढ्दै क्युवन पिपुल्स पार्टीको सदस्यता लिएका थिए । उनले जनयुद्धको बाटोबाट राज्यसत्ता कव्जा गर्ने नीति अख्तियार गरि हतियार उठाएपछि क्युवाको छिमेकी राष्ट्र अमेरिकालाई असाध्यै टाउको दुखाईको विषय बनेकाे थियो ।

२० मार्च १९५३ मा अमेरिकाको समर्थनमा फुल्गेन्सिपी वाटिस्टाले क्युवामा ‘कु’ गरेपछि उनिमा विद्रोही स्वभाव पलाएकाे पाइन्छ । यसैक्रममा उनले उक्त घटनाकाे खुलेर विरोध गरि क्रान्तिकारी संगठनको निर्माण अभियानमा जुटेका थिए ।

Loading...