अफगानिस्तानमा ७७ जना विद्रोही मारिए

काबुल, ३१ असार । अफगानिस्तानका विभिन्न ठाउँमा गरिएको सुरक्षा कारबाहीमा परी ७७ जनाभन्दा बढी लडाकू मारिएका छन् ।

देशभरी गत चौविस घण्टाको अवधिमा भएका कारबाहीमा अन्य २७ जना घाइते पनि भएको रक्षा मन्त्रालयले शनिबार जनाएको छ ।

“मृतकमध्ये १७ जना इस्लामिक स्टेट (आइएस) लडाकू रहेका छन् भने अरु सात जनालाई नियन्त्रणमा लिइएको छ”– मन्त्रालयद्वारा जारी वक्तव्यमा भनिएको छ । नान्गाहार, कुनार, नुरिस्तान, कपिसा, पाक्तीका, खोस्ट, लोगार, कान्दाहार, जाबुल, ओरुज्गान, कुन्दुज, फार्याब, ताखार र हेल्मन्ड प्रान्तमा सुरक्षा कारबाही चलाइएको सरकारी अधिकारीहरुको भनाइ छ ।

उनीहरुको सुरक्षा कारबाहीका क्रममा केही हातहतियार तथा विस्फोटक पदार्थहरु पनि नियन्त्रणमा लिएर नष्ट गरेको जनाइएको छ ।

Loading...