सम्पदा बचाउने काम हाम्रै, त्यो दायित्व हामीले निर्वाह गरिरहेका र्छौं

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका मयेर बिध्या सुन्दर शाक्यले सम्पदा बचाउने काम महानगरको काम भएको र यस्को दायित्व महानगरको नै भएको बताउनुभएको छ। मेयर शाक्यले बिहिबार महानगरको २३ वडा स्थित त्वा खल ओमबहाःया त्वा छेँ को शिलान्यास गर्दै  पुननिर्माण र संरक्षणका लागि माग भएका सबै योजनामा महानगरले आर्थिक दायित्व बोकेको र  महानगरको काम प्रति चित्त नबुझे गुनासो लिएर आउनको लाइ आग्रहगर्नु भयो । शाक्यले बताउनु भयो- ‘ कुरा नबुझी बोलिदिनुभयो भने अन्यथा अर्थ लाग्छ । भ्रम सिर्जना हुन्छ । पहिले रानीपोखरीको सन्दर्भमा यस्तै भएको थियो । अहिले कमलपोखरीको बारेमा पनि यस्तै भइरहेको छ ।’ भित्री सहरी क्षेत्रको पहिचान भनेकै मूर्त अमूर्त र जीवन्त संस्कृति भएको बताउँदै मेयर शाक्यले, सम्पदाको संवेदनशीलता बुझेर प्रतिक्रिया दिन आग्रह गर्नुभयो ।
भवनको लागत अनुमान १ करोड ३९ रुपैयाँ थियो । खरिद प्रक्रियामा भएको प्रतिस्पर्धामा निर्माण पक्षले ८६ लाख रुपैयाँमा निर्माण कबोल गरेको छ । यही अनुस्प सम्झौता भइसकेको छ ।

३ आना जग्गा निर्माण हुने साढे ४ तलामध्ये पहिलो चरणमा ३ तला बनाइनेछ । गुठीले जग्गा खरिद गरेर प्राप्त गरेको हो ।

भवन शिलान्यास समारोहमा बोल्दै मेयर शाक्यले, मूर्त अमूर्त सम्पदा निर्माण, पुननिर्माण र संरक्षणका लागि माग भएका सबै योजनामा महानगरले आर्थिक दायित्व बोकेको बताउनुभयो ।

Loading...