पहिलो पटक नेपाल साफ च्याम्पियनसिपको फाइनलमा

काठमाडौं । नेपाल पहिलो पटक साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । माल्दिभ्समा बुधबार भएको आफ्नो समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग १-१ को बराबरी खेलेपछि नेपालले इतिहास रचेको हो । सन् १९९३ मा सुरू भएको साफ च्याम्पियनसिप फुटबलमा नेपाल यसअघि कहिल्यै फाइनलमा पुगेको थिएन । पहिलो शंस्करणमा तेस्रो भएको नेपालले २०१८ मा सेमिफाइनलसम्म यात्रा […]

हुम्लाका युवाहरुको फूटसल प्रतियोगिता काठमाडौंमा सुरु

काठमाडौ, २६ असोज ।  ठेहे उदियमान यूवा क्लवको आयोजनामा प्रथम हुम्ला जिल्ला स्तरिय खुल्ला फूटसल प्रतियोगीता–२०७८ काठमाडौंमा सुरु भएको छ । दुई दिनसम्म चल्ने सो प्रतियोगिता श्रमजीवी पत्रकार संघ (श्रपसं)का महासचिव धनन्जय बुढा र नेपाल स्काउटका कर्णाली प्रदेश प्रमुख कमल बोहोराले मंगलबार ग्रीनल्याण्डमा उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै श्रमजीवी पत्रकार संघका महासचिव […]

दिउँसो साढे चार बजे हनुमानढोकामा फूलपाती भित्र्याइँदै

काठमाण्डाै । आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा गरिएको दशैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ । नौ […]

रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा भएको झडपमा चारको मृत्यु

काठमाडौँ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ स्थित मोतिपुर औद्योगिक क्षेत्रमा जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडप हुँदा चार जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये तीनको सनाखत हुन नसकेको र एकको सनाखत भएको शिक्षण अस्पताल (युसीएमएस) का जनसम्पर्क अधिकृत सुशील गुरुङले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा करिब ४८ वर्षीय कपिलवस्तुको वाणगङ्गा […]

कानून व्यवसायीद्वारा प्रधानन्यायाधीशको राजीनामा र महाअभियोग लगाउन माग

काठमाडौँ। कानून व्यवसायीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गरेका छन् । प्रधानन्यायाधीश जबराको कोटाबाट उद्योगमन्त्री नियुक्त भएको भन्दै कानुनविदहरुले विरोध गरेका हुन् । शनिबार रिपोटर्स क्लवमा आयोजित कार्यक्रममा कानुनविदले प्रधानन्यायाधीशको कडा आलोचना गरे ।  कार्यक्रममा बरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेका छन् । उनले भने, ‘अहिलेको घटना जनसरोकारको विषय हो […]

नवनियुक्त मन्त्री सबैले शितल निवासमा लिए सपथग्रहण

काठमाडौँ । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा विशेष समारोहबीच शुक्रबार नियुक्त भएका १६ मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् । राष्ट्रपति भण्डारीले संविधानको धारा ८० बमोजिम मन्त्रीहरुलाई शपथ ग्रहण गराएको राष्ट्रपति कार्यालयले जनाएको छ । त्यसअघि नवनियुक्त २ राज्यमन्त्रीहरुले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष पद तथा गोपनियताको […]

धन र डनको राजनीति गर्न खोज्नेलाई लखेट्न प्रचण्डको निर्देशन

असोज २२ ,भक्तपुर । पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना कर्यकर्तालाइ धन र डनको राजनीति गर्न खोज्नेलाई लखेट्न निर्देशन दिएका छन् । शुक्रवार भक्तपुरको सूर्यविनायकमा आयोजित पार्टीको जिल्ला बैठक तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले तत्कालिन सत्तासंगै बिद्रोह गरेर परिवर्तन ल्याउन सफल पार्टी भएकोले धन र डनको आडमा माओवादीलाई […]

एकीकृत समाजवादीले चुनाव चिह्न कलम राख्ने

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पार्टीको चुनाव चिह्न कलम राख्ने भएको छ । पार्टीको बिहीबार बसेको स्थायी कमिटीको बैठकले पार्टीको चुनाव चिह्न कलम राख्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । बैठकले चार पदाधिकारी मनोनयन गरेको छ । प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडालाई उपमहासचिव तथा गरिमा साह, जीवनराम श्रेष्ठ र भागवत विश्वासीलाई […]

लुम्बिनी प्रदेश सरकारले नयाँ बजेट ल्याउँदै

काठमाडौं । लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दैछ । आज दिउँसो एक बजे बस्ने बैठकमा सरकारका तर्फबाट आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट सभामा पेश गर्ने कार्यसूची रहेको छ। प्रमुख विपक्षी दल एमालेले आजको बैठक पनि अवरुद्ध पार्ने बताएको छ । एमालेले सांसदद्वय अजय शाही र विमला खत्री वलीलाई पदमुक्त गर्नुपर्ने […]

राष्ट्रपतिसमक्ष महिला आयोगको प्रतिवेदन पेश

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय महिला आयोगले आज आयोगको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपतिको कार्यालय, शीतल निवासमा आयोजित एक समारोहमा आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले नेपालको संविधानको धारा २९४ अनुसार राष्ट्रपति भण्डारीसमक्ष सो प्रतिवेदन पेश गरिन् । सो अवसरमा राष्ट्रपति भण्डारीले लामो समयको सङ्घर्षबाट स्थापित राष्ट्रिय महिला आयोग नेपाली […]