काठमाडौंको भैरवनाथ गणभित्र वम विष्फोट, घाइते ३ मध्ये २ गम्भीर

काठमाडौं १९ माघ । काठमाडौंको महाराजगञ्जमा रहेको भैरवनाथ गणभित्र बम बिस्फोट भएको छ ।

नेपाली सेनाले तालिम गर्ने क्रममा बम विस्फोट भएको र उक्त विस्फोट परी ३ जना सैनिक घाइते भएका सेनाका प्रवक्ता गोकुल भण्डारीले जानकारी दिएका छन् ।

विस्फोटबाट घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको महाराजगन्जको शिक्षण अस्पातालमा उपचार भइरहेको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

Loading...