टाटा सुमो पोखरीमा डुब्दा ६ को मृत्यु

काठमाडौंबाट झापा जादै गरेको बा ९ च ३३१४ नम्बरको टाटा सुमो दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । धनुषाको पोर्तहा भन्ने ठाऊँमा आज बिहान करिब ३ बजे तिर दुर्घटना हुँदा ६ जनाको ज्यान गएको हो ।

‘११ यात्री बोकेर कुदेको टाटा सुमो पल्टिएपछि पोखरीमा डुब्यो र यति धेरै हताहती भयो ।’ एक स्थानीयले जानकारी गराए ।
मृतकहरु सबैको सनाखत भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । मृत्यु हुनेमा मोरङका शारदा रेग्मी दाहाल, बलराज न्यौपाने,खेमकुमार रानामगर, पाँचथरका प्रनिता राई, खोटाङका ज्ञानबहादुर चौहान र संखुवासभाका नयराज जिमी रहेको प्रहरीले बताएको छ ।

उक्त दुर्घटनमा परि घाइते भएकाहरुको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

Loading...