गगन थापालाई आफ्नो विरुद्धमा बाहिर जथाभावी न बोल्न देउवाको कडा चेतावनी

नेपाली काँग्रेसको केन्द्रिय समित वैठक सकिएको छ । पार्टी सभापति शेरबहादुर देउवालाई काउसो बनेको केन्द्रिय समिति बैठक आज सकिएको हो ।

चुनावको समिक्षामा केन्द्रित बनेर नेताहरु देउवा माथि खनिएपछि उनी निरिह बनेका बताइएको छ ।

उनले नाम नै लिएर युवा नेता गगन कुमार थापालाई आफ्नो विरुद्धमा बाहिर जथाभावी न बोल्न कडा चेतावनी दिएको स्रोतको दावी छ । उनले गगन प्रबृत्तिले काँग्रेसलाई राम्रो नगर्ने बताएका छन ।

सभापति देउवाले पार्टीले हालै व्यहोरेको हारको बारेमा आफूलाई मात्रै एकतर्फी रुपमा दोष लाउन भन्दा आफु पट्टि पनि फर्किएर हेर्न आग्रह गरेका थिए । उनले आफूले निर्वाचन हुनुभन्दा धेरै अगाडि नै माओवादीसँग ६० र ४० गरौं भन्दा नमान्ने बरिष्ठ नेता रामचन्द्र पौडेल र गगन थापा नै भएको भनेका थिए ।

आफु निर्वाचन बात आएकोले कसैले खोक्दैमा केहि नहुने भन्दै कार्यकर्ताले सबै मुल्यांकन गरिरहेको बताएका थिए ।

नेता पौडेल र गगनलाई ईंगित गर्दै उनले भने,‘टिकट मैले एकलौटी बाड्या हो र ! ।’ आलोचना गर्नेहरुको नैतिक आधार नभएको र केही काम नपाएर पानी माथि ओभानो पार्न आफु माथि खनिएको देउवाको आरोप रहेको श्रोतले जानकारी गरायो ।

Loading...